हिपमत डटकम

शनिबार, मंसिर २७, २०७७ || 641  पटक पढिएको

अमेरिकाका चार राज्य जर्जिया, मिचिगन, पेन्सिलभेनिया र विस्कन्सिनको नतिजालाई अवैध ठहर गर्न माग गर्दै यसै साता टेक्सास राज्यले गरेको उजूरीलाई सर्वोच्चले अस्विकार गरिदिएको छ । सर्वोच्चले टेक्सास राज्यसँग यस विषयलाई मुद्दा बनाउने वैध अधिकार नरहेको जनाएको छ ।

यससँगै ब्याटलग्राउन्ड स्टेटको नतिजा उल्ट्याउने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास असफल भएको छ । अमेरिकाका सबै ५० राज्यले आफ्नो मत प्रमाणिकरण गरिसकेका छन् र जो बाइडेन भावी राष्ट्रपति निर्वाचित हुने तय भएको छ ।

निर्वाचनमा धाँधली भएको भन्दै सर्वोच्चमा गरिएको यस उजूरीलाई १८ राज्यका न्यायधिवक्ता र १ सय ६ जना रिपब्लिकन संसद् सदस्यहरुले समर्थन गरेका थिए ।

यसअघि ट्रम्पले निरन्तर मतदानमा धाँधली भएको आरोप लगाउँदै आएका थिए । उनले निर्वाचनको परिणाम छिनोफानो सर्वोच्च अदालतबाट हुने संकेत गरेका थिए ।

ट्रम्पले निरन्तर रुपमा अवैध भोटका कारण आफु दोस्रोपटक राष्ट्रपति निर्वाचित हुन नसकेको दाबी गर्दै आएका छन् । यद्यपी, पर्याप्त प्रमाण जुटाउन नसक्दा सम्बन्धि राज्यका अदालतहरुले उनको प्रचार समूहले गरेका उजूरी खारेज गरिदिएका थिए । अमेरिकामा सोमबार इलेक्टोरल कलेजको बैठक बस्ने तय छ । यस बैठकले औपचारिक रुपमै जो बाइडेनलाई ४६ आंै राष्ट्रपति चयन गर्नेछ । बाइडेनका पक्षमा ३ सय ६ र ट्रम्पका पक्षमा २ सय ३२ इलेक्टोरल मत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!