हिपमत डटकम

शनिबार, मंसिर २७, २०७७ || 1170  पटक पढिएको

आजभोलि मानिसमा खानपान गर्ने शैली परिवर्तन भएको छ । खानपानमा आएको परिवर्तनसँगै रोग लाग्ने सम्भावना पनि बढ्दै गएको पाइन्छ । खानेकुराका कारण तौल बढ्ने समस्याबाट पनि धेरैलाई सताएको पाइन्छ । साथै, तौल बढेसँगै मधुमेह, थाइराइड र उच्च रक्तचापको समस्याबाट पनि गुज्रिरहेका हुन्छन् । त्यसैले तौललाई सन्तुलनमा राखेर स्वस्थ र फिट हुन जरुरी छ ।

मेथीको पानी
तौल घटाउनका लागि सबैभन्दा पहिलो उपाय मेथीको पानी हो । हरेक रात सुत्नुभन्दा पहिले भिजाएको मेथीको पानी पिउनुपर्छ । यसले शरीरलाई फिट राख्न मद्दत गर्छ । र, पूरै शरीरलाई डिटोक्स पनि गराउँछ । यसका लागि एक गिलास पानीमा एक चम्चा मेथी ३ देखि ४ घण्टा भिजाउने र उक्त पानीलाई छानेर सुत्नुअघि पिउने गर्नुपर्छ ।

घिउकुमारीको जुस
घिउकुमारीको जुस थुप्रै प्रकारका रोगको औषधिको रुपमा लिइन्छ । यसले शरीरमा जम्मा भएका बोसोलाई सजिल्यै बाहिर निकाल्छ । यो बजारमा पनि सजिल्यै पाइन्छ । घरमा पनि घिउकुमारीको विरुवा सजिल्यै उमार्न सकिन्छ । घिउकुमारीको पातलाई काटेर भित्रको भाग निकाल्ने र एक गिलास पानीमा मिलाएर सुत्नुअघि पिउने गर्नुपर्छ ।

बेसार दुध
दुधमा बेसार मिसाएर पिउँदा विभिन्न प्रकारका भाइरल र इन्फेक्शनबाट बचाउँछ । साथै, यसले तौल कम गराउँछ । बेसारमा एन्टिअक्सिडेन्ट हुन्छ जसले शरीरलाई सफा गर्छ । र दुधले तौल नियन्त्रण गर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!