गायक प्रताप दास र गायिका कबिता श्रेष्ठको स्वरमा नयाँ गीत गोधुली सार्वजनिक भएको छ । नव प्रतिभा ज्ञानीमाया तामाङ र हेरुका लामाको अभिनय रहेको गीत शुक्रवार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतमा ज्ञानीमाया र हेरुकाको रोमान्सलाई प्रस्तुत गरिएको छ । प्राकृतिक सौन्दर्य सहितको लोकेशनमा खिचिएको गीतमा नव प्रतिभा ज्ञानीमाया र हेरुका लाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।
राजेश कुमार श्रेष्ठको शब्द संगीतमा तयार भएको भिडियो गीतलाई भुईसल लामाले निर्माण गरेका हुन् । गीतमा दिनेश पाख्रिनको निर्देशन रहेको छ । अमूल कार्कीको एरेञ्ज रहेको गीतमा तारा थापाको सम्पादन र रामेश्वर हुमागाईको छायाँकन रहेको छ ।

प्रताप दासले आफुले गायका गीतहरु मध्य उत्कृष्टको लिष्टमा गोधुली पर्ने बताएका छन् । नव प्रतिभा ज्ञानीमायाले तामाङ गीत संगीतसँगै नेपाली गीत संगीतमा पनि विस्तारै आफ्नो दायित्व बढाउने गरि भिडियोमा अभिनय गरेको बताएकी छन् । गीतमा दिक्षा पाख्रिनको कोरियोग्राफि रहेको छ । दर्जन बढि फिल्ममा अभिनय गरिसकेकी कलाकार भुईसाल लामाले भिडियो निर्माणसँगै विस्तारै फिल्म निर्माणको तयारी रहेको समेत बताएकी छन् । यस समूहले लगातार भिडियो निर्माण गरिने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!