हिपमत डटकम

शुक्रबार, मंसिर २६, २०७७ || 694  पटक पढिएको

अजय देवगनले आफ्नो निर्देशनमा बन्न लागेको फिल्म ‘मेडे’ को घोषणा गरिसकेका छन् जसमा उनीसँग अमिताभ बच्चन र रकुलप्रित सिंह पनि देखिनेछन् । फिल्मको सुटिङ डिसेम्बर ११ अर्थात् आजके दिनबाट हैदराबादमा सुरु हुँदैछ र अजयले रिलिज डेट पनि योजना गरिसकेका छन् ।

अजयको यो फिल्म सन् २०२२ को इदमा रिलिज हुनेछ ।

इदमा खासगरी सलमान खानको फिल्म रिलिज हुन्छ । सन् २०२१ मा पनि उनी राधेलाई रिलिज गर्ने योजना बनाइरहेका छन् र सम्भवतः २०२२ मा पनि उनी कुनै न कुनै फिल्म इदमा रिलिज गर्नेछन् । त्यसैकारण अजयको ‘मेडे’ र सलमानको फिल्ममा टक्कर हुने सम्भावना छ । स्मरण रहोस्, अजर र सलमान निकै मिल्ने साथी हुन् ।

अजय आफ्नो फिल्म शुक्रबार, ९ अप्रिल, २०२२ मा रिलिज गर्नेछन् ।

अजय यो फिल्मका लागि निकै उत्साहित छन्, त्यसैले निर्देशनको बागडोर पनि उनी आफैंले सम्हालेका छन् । अमिताभ र अजय ८ वर्षपछि सँगै काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!