बिहिबार, माघ ०९, २०७६ || 938  पटक पढिएको

हिपमत डटकम
काठमाडौं ,९ गते :प्रहरीले प्रदेशसभा सांसद राजीव गुरुङ अर्थात् दिपक मनाङेलाई पक्राउ गरेको छ । उनलाई बिहिबार पोखराको होटलबाट पक्राउ गरेको हो । पक्राउ गरी उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको छ । उनीमाथि एन्फा कास्की जिल्ला अध्यक्ष मिलन गुरुङले किटानी जाहेरी दिएपछि पक्रऊ पूर्जी जारी भएको थियो । लगत्तै मनाङे पक्राउ पररेका थिए । पक्राऊ गर्नुअघि गण्डकी प्रदेशका सभामुखलाई जानकारी गराइएको समेत बुझिएको छ । एन्फा कास्की जिल्ला अध्यक्ष मिलन गुरुङलाई मनाङेले मंगलबार कुटेका थिए । आफूले गुरुङलाई कुटेको स्वीकार्दै दिपक मनाङेले मंगलबार भेटेको भए एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई नै कुट्नेथिएँ भनी बोलेका थिए । मुख्यमन्त्री कपको व्यवस्थापनको कमजोरीलाई लिएर दिपक मनाङेले मिलन गुरुङलाई कुटेका थिए । कुनैबेला गुण्डागर्दीमा नाम कमाएका मनाङे पछिल्लो समय सांसद निर्वाचित भएका छन् । उनी बेला बेलामा विवादमा आइरहन्छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!