हिपमत डटकम

बिहिबार, मंसिर २५, २०७७ || 1398  पटक पढिएको
अदुवा हालेको चिया

जाडो होस् या गर्मी, मानिसहरु अक्सर अदुवा हालेको चिया पिउन मन पराउँछन् । चियाको पसलमा पनि सुनिन्छ– अदुवा थोरै थिचेर हालिदिनु न । तर, सधैं अदुवा हालेको चिया पिउँदा पनि केही नोक्सानहरु हुनसक्छन् ।

सधैं अदुवा हालेको चिया पिउँदा हुनसक्ने केही नोक्सानहरुः

एसिडिटी: अदुवा ठीक मात्रामा लिने हो भने त यसले धेरै लाभ दिन्छ । तर, जरुरतभन्दा धेरै अदुवा लिँदा एसिडिटी बढ्न सक्छ ।

ब्लडप्रेसर: जसको रक्तचाप उच्च छ, उनीहरुले उचित मात्रामा मात्र अदुवा लिनु पर्ने हुन्छ । बरु रक्तचाप कम हुनेहरुले अदुवा केही बढी लिँदा पनि फरक पर्दैन । तर, दुवैका लागि अदुवा धेरै लिनु राम्रो चाहिँ होइन । किनकि अदुवामा रगतलाई पातलो गर्ने गुण हुन्छ । यसले रक्तचाप कम हुनेको थप कम वा बढी हुनेको थप बढी हुने सम्भावना हुन्छ ।

मधुमेहका बिरामी: अदुवा खाँदा हाम्रो रगतमा चिनीको मात्रा पनि कमी हुन्छ । जसको रगतमा चिनीको मात्रा कम हुन्छ वा बढी हुन्छ, उनीहरुले पनि अदुवा धेरै हालेको चिया खानु हुँदैन ।

निद्रा भाग्छ: रातमा त झन् अदुवा हालेको चिया पिउनै हुँदैन । यसले हामीलाई निद्रा लाग्न कम गर्छ । यसले हामीलाई झन् समस्यामा पारिदिन्छ ।

गर्भवती महिलाले पिउनु हुँदैन चिया:
गर्भवती महिलालाई आधा कपभन्दा धेरै अदुवाको चिया पिउनु झन् हानीकारक हुन्छ । धेरै अदुवा खाँदा गर्भवती महिलालाई पेटमा समस्या पनि हुनसक्छ ।कति खाने त अदुवा ?सामान्य मानिसका लागि दैनिक ६ ग्राम अदुवा लिनु नै पर्याप्त हुन्छ । एक कप चियामा एक चम्चाको चारभागमध्ये एक भागमात्र अदुवा हालेको राम्रो मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!