हिपमत डटकम

बिहिबार, मंसिर २५, २०७७ || 883  पटक पढिएको

भारतको झारखण्ड राज्यको दुमका जिल्लामा एक महिला सामूहिक बलात्कारको शिकार बनेकी छन् । पतिलाई बन्धक बनाएर युवाको एउटा समूहले बलात्कार गरेको पीडित पक्षको आरोप छ । मंगलबार राती मेलाबाट घर फर्कने क्रममा सो दम्पत्तिलाई बाटोमै युवाको एउटा समूहले घेरेको बताइन्छ ।

मुफस्सिल थाना क्षेत्र अन्तर्गत भएको सो घटनालाई प्रहरीले पुष्टि गरेको छ । बुधबार बिहान पीडित महिला र उनका पतिले घटनाबारे प्रहरीसमक्ष उजुरी गरेका छन् । लगत्तै प्रहरीले पीडित महिलाको स्वास्थ्य परीक्षण गराएको बताइन्छ ।

संताल परगना क्षेत्रका पुलिस उपमहानिरीक्षक सुदर्शनप्रसाद मण्डलका अनुसार घटनामा १७ युवा संलग्न रहेको पीडित पक्षको भनाइ छ । बलात्कारमा संलग्न आरोपितहरुको पहिचान गर्ने काम भइरहेको उनले जनाए । पीडित महिलाले १७ आरोपितमध्ये एक जनालाई पहिचान गरेको बताइएको छ । यद्यपि ती व्यक्ति फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार राति मेलाबाट घर फर्कने क्रममा करिब ८ बजे बाटोमा बसेका युवाको समूहमध्ये पाँच जनाले पतिलाई बन्धक बनाएको र बाँकी युवाले महिलालाई झाडीतिर लगेर बलात्कार गरेको पीडित पक्षको भनाइ छ । यसैबीच भारतको राष्ट्रिय महिला आयोगले उक्त घटनाबारे ध्यानाकर्षण भएको भन्दै राज्यका प्रहरी महानिर्देशकलाई पत्र पठाएको छ । आयोगकी अध्यक्ष रेखा शर्माले लेखेको पत्रमा यौन शोषणको मामिलामा दुई महिनाभित्र अनुसन्धान पूरा गर्नुपर्ने केन्द्रीय गृह मन्त्रालयको दिशा निर्देशन पालना गर्न पनि प्रहरीलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!