हिपमत डटकम

बिहिबार, मंसिर २५, २०७७ || 829  पटक पढिएको

बलिउडमा सबैभन्दा पहिले कोरोना संक्रमित हुने सेलिब्रेटी हुन् गायिका कनिका कपुर । यसैको कारण कनिका गुगलमा सबैभन्दा बढी सर्च हुने ब्यक्तिको लिष्टमा समेत परेकी छन् । गुगलले हालै वर्षभरिको सर्च रिजल्ट सार्वजनिक गरेको छ । जसमा बलिउडबाट सबैभन्दा पहिलो स्थानमा कनिक कपुरको नाम सामेल छ ।

गुगलले सार्वजनिक गरेको डाटाको पहिलो स्थानमा अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेन रहेका छन् । बलिउडको कुरा गर्दा कनिका सबैभन्दा बढी सर्च गरिएकी छन् । कनिकाको अलवा यो लिष्टमा अमिताभ बच्चन, कंगना रनौत, रिया चक्रवर्ती र अंकिता लोखन्डे जस्ता ठुला स्टार समेत रहेका छन् ।

देशमा कोरोना संक्रमण सुरुवातको क्रममै कनिका कोरोना संक्रमित भएकी थिइन् । उक्त समय कनिका आलोचित पनि भएकी थिइन् । किनभने कोरोना पोजेटिभ भएपनि उनले केही पार्टी र कार्यक्रममा पनि सहभागीता जनाएकी थिइन् । सामाजिक सञ्जालमा उनको धेरै आलोचना पनि भएको थियो । त्यसपछि उनी केही दिन अस्पतालको आइसोलेनमा बसेर पुरै ठिक भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!