हिपमत डटकम
बिराटनगर , ९ माघ । अभिनेत्री प्रियंका कार्की साथीहरुसँग थाइल्याण्डमा ब्याचलर पार्टीमा रमाई रहेकी छन् । प्रियंकाले घन्टौंपिच्छे इन्स्टाग्राम स्टोरीमा साथीहरुसँग थाइल्यान्डको समुन्द्री तटमा रमाइरहेको तस्विरहरु सेयर गरिरहेकी छन् । तस्विरमा उनी साथीहरुसँग मस्ती मुडमा देखिएकी छन् । प्रियंकाले क्रुजमा खिचेको एक तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । तस्विरमा उनी रातो विकिनीमा देखिएकी छन् । उनका साथीहरु पनि बोल्ड अवतारमा देखिएका छन् । प्रियंका कार्कीको ब्याचलोरेट पार्टी अझै धुमधामका साथ अघि बढिरहेको छ । प्रियंका पाँचदिन अघि आफ्ना ६ जना साथी बोकेर ब्याचलोरेट पार्टी मनाउन थाइल्याण्ड उडेकी थिइन् । त्यतिबेलादेखि प्रियंकाले त्यहाँ मस्ती गरिरहेको फोटो पोष्ट गर्ने क्रम जारी छ ।नेपालमा अहिले जाडो छ ।

तर उनीहरुको फोटो हेर्दा यस्तो लाग्छ थाइल्याण्डको तापक्रम धेरै नै छ । त्यसैले त प्रियंका र उनका साथीहरुले बिकिनी लगाउन सकेका छन् । उनीहरुको तस्बिरमा त्यहाँको खुल्ला मौसम देखेर पनि थाइल्याण्डमा गर्मी छ भनेर अनुमान गर्न सकिन्छ । प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा १० घण्टा अघि मात्रै ‘ब्राइड’ लेखिएको सेतो रङको बिकिनी लगाएको फोटो पोष्ट गरेकी छिन् । उनका साथीहरुले भने ‘ब्राइड्समेड’ लेखिएको कालो रङको बिकिनी लगाएका छन् । सबैजनाले बिकिनीमा विभिन्न पोज दिएका छन् र तिनै फोटो प्रियंकाले आफ्नो अकाउन्टमा पोष्ट गरेकी छिन् । सहाना बज्राचार्य, सिवांगी प्रधानलगायतले प्रियंकाका लागि आयोजना गरेको ‘ब्याचलर पार्टी’ अविस्मरणीय बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!