हिपमत डटकम

बुधबार, मंसिर २४, २०७७ || 1004  पटक पढिएको

सलमान खानको विवाह कहिले होला ? यो प्रश्न लाखौं पटक सोधिसकिएको छ तर अहिलेसम्म जवाफ पाउन सकिएको छैन । सलमान खान पनि यो प्रश्न सुन्दा सुन्दा वाक्क भइसकेका छन् । तर यो प्रश्न भने आइ नै रहन्छ ।

सलमान खान एकपटक आफ्नो फिमको प्रोमोशनको सिलसिलामा कपिल शर्माको शोमा पुगेका थिए । उनीसँग उनकी साथी कट्रिना कैफ पनि थिइन् ।

सलमानको विवाहको प्रश्न कट्रिना कैफलाई सोधियो – सलमान कहिले विवाह गर्नेछन् ? कट्रिनाले यसको तत्काल जवाफ दिँदै भनिन्, ‘यसको जवाफ दुईजनालाई मात्रै थाहा छ । एक भगवान र अर्का सलमान ।’

कट्रिनाका यो जवाफ सुनेर त्यहाँ उपस्थित मानिसहरु हाँस्न थाले । कट्रिनाले स्पष्ट पारिदिइन् कि सलमानले कहिले विवाह गर्लान् भनेर उनको मर्जीमा निर्भर हुन्छ ।

स्मरण रहोस्, कट्रिना र सलमानको नाम निकै लामो समयसम्म जोडिएको थियो तर दुबैले कहिले पनि आफूहरु सम्बन्धमा रहेको स्विकार गरेनन् ।

सलमान र कट्रिना एक समय निकै नजिकिएका थिए । त्यसपछि कट्रिनाको सामिप्यता रणबीर कपुरसँग बढ्यो । पछि ब्रेकअपपछि उनको नाम पुनः सलमानसँग जोडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!