हिपमत डटकम

मंगलबार, मंसिर २३, २०७७ || 729  पटक पढिएको

बलिउड अभिनेता फरदीन खान निकै लामो समयदेखि फिल्मी पर्दामा देखिएका छैनन् । उनले आफ्नो डेब्यू सन् १९९८ मा गरेका थिए । हालै उनको सोसल मिडियामा तस्बिर भाइरल भइरहेको छ जसमा स्पष्ट देख्न सकिन्छ कि उनले आफ्नो तौल कम गरेका छन् ।

आफ्नो तौलका कारण ट्रोल भएका फरदीन खानले अब आफ्नो फिटनेसमा निकै काम गरेका छन् । उनी आफ्नो लुकमा निकै जवान देखिएका छन्, प्रशंसकले पनि निकै प्रशंसा गरिरहेका छन् ।

हालै भारतीय मिडियासँगको कुराकानीमा आफूले १८ किलो तौल कम गरेको उनले बताएका छन् । उनले भने, ‘मैले आफ्नो १८ किलो तौल कम गरेको छु र म आफ्नो लुकमा निकै खुसी छु । म कहिले लण्डन त कहिले मुम्बई बसेँ तर मैले आफ्नो धेरैजसो समय लण्डनमा नै व्यतित गरेँ ।’

उनले थपे, ‘मेरो तस्बिरले स्पष्ट संकेत दिन्छ कि म इन्डष्ट्रिमा फिर्ता हुँदैछु । डिसेम्बर ११ मा मेरी छोरीको जन्मदिन हो त्यसैले केही दिनका लागि बेलायत जाँदैछु र जनवरीको पहिलो हप्तामा फिर्ता हुँदैछु र म पछिल्लो एक महिनादेखि मुम्बईमा छु ।’

फरदीनलाई पुनः सोधियो, ‘तपाईंको परिवारलाई मुम्बईमा लामो समयसम्म बस्दैछु भनेर फकाउन गाह्रो भयो ?’

यसको जवाफमा उनले भने, ‘मेरी छोरी अहिले ७ वर्षकी छिन् । मलाई आफ्नी छोरी, छोरा र श्रीमतीको असाध्यै याद आइरहेको छ । म मुम्बई पुगेको दुई दिनपछि मलाई फोन गरेर सोधियो, ‘ड्याडी, तपाईं कहिले आउँदै हुनुहुन्छ ?’’

उनले भने, ‘मेरो परिवार एक–अर्कासँग निकै नजिक छौं । लकडाउनका कारण हामी थप नजिकिएका छौं ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!