बिहिबार, माघ ०९, २०७६ || 564  पटक पढिएको

हिपमत डटकम ,काठमाडौँ,९ माघ ः राष्ट्रिय सभाका १८ सिटका लागि आज (विहिबार) मतदान हुँदै छ । प्रदेशगत रूपमा सम्बन्धित प्रदेशको प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतबाट राष्ट्रिय सभा सदस्य चुनिनेछन । निर्वाचन आयोगले प्रत्येक प्रदेशको एक स्थानमा मतदान स्थल निर्धारण गरेको छ । प्रदेश १ मा विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ मा जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण निधि स्मृति भवन र वागमती प्रदेशमा ललितपुर महानगरपालिका–४ को वडा समिति भवनमा मतदान हुनेछ । त्यस्तै, गण्डकी प्रदेशमा पोखरास्थित जिल्ला निर्वाचन कार्यालय परिसर, प्रदेश ५ मा दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशमा जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर र सुदूरपश्चिम प्रदेशमा दिपायलस्थित सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण उच्च माविमा मतदान स्थल तोकिएको आयोगले जनाएको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले बिहान १० बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको जानकारी दिए । मतदानलगत्तै राजनीतिक दलहरूको सहमतिमा मत गणना हुने र कुनै बाधारअवरोध नआए गणना प्रारम्भ भएको एकरडेढ घण्टामा परिणाम आउने उनले बताए । ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठ जना निर्वा्चित हुने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभामा त्यसरी निर्वा्चित ५६ र सरकारको सिफारिसमा एक जना महिलासहित राष्ट्रपतिबाट मनोनीत भएका तीन सदस्य छन् । तीमध्ये एक तिहाइ (१९ जना) को दुईवर्षे पदावधि आगामी फागुन २० मा सकिँदै छ । पदावधि सकिनेमा एक जना राष्ट्रपतिबाट मनोनीत रहेकाले सो ठाउँमा सोही प्रक्रियाबाट पदपूर्ति हुनेछ । राष्ट्रिय सभाका लागि प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष १ हजार ५ सय ६ जनासमेत कुल मतदाताको संख्या २ हजार ५६ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!