खबर ठुलो छ

नेपाल आइडलबाट चर्चा कमाएकी लोकप्रिय गायिका अस्मिता अधिकारीको स्वर रहेको ‘माझी दाई’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा अस्मितालाई गायक भिम श्रेष्ठले स्वरमा साथ दिएका छन् । प्रेम रोमान्सका दृश्यहरु देखाइएको भिडियोमा लाहुरे युवकले आँफु एक्लो भएको कुरा सांकेतिक तरिकाले युवतीलाई राख्छन् ।

प्रेम, रोमान्स, माझीदाईले माछा मारिरहेका रमाइला दृश्य सहित वियोगान्त प्रेम कथाले भरिएको भिडियोमा गायक भिम र स्मृति श्रेष्ठको अभिनय रहेको छ ।

माझी दाईले खोलामा जालो हानेर हेरेर बसेकी कान्छीको फोटो खिच्दा नजिकिएकी युवतीसँग गरिएको रोमान्टिक कुराकानीलाई निर्देशक फराज अर्पणले गज्जबसँग प्रस्तुत गरेका छन् । निर्देशक फराजको शब्द संगीत रहेको भिडियोको छायांकन अनिल कटुवाल र फराज अर्पणको रहेको छ । फराज अर्पण र सतिज श्रेष्ठको सम्पादन रहेको गीतको एरेन्ज बिजेश्वर तण्डुकारले गरेका हुन् । राजेश्वर तण्डुकारको मिक्स मास्टरिगं रहेको गीतको भिडियोमा सतिज श्रेष्ठको कलर रहेको छ । सार्वजनिक भिडियोलाई गायक श्रेष्ठकै अफिसियल च्यानलबाट बजारमा ल्याइएको हो ।

शनिबार, मंसिर २०, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया