हिपमत डटकम

शनिबार, मंसिर २०, २०७७ || 502  पटक पढिएको

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा आज बिराटनगरमा १ नं. प्रदेश अन्तर्गत तराईका तिन जिल्लाहरुको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा झापा, मोरङ र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाल प्रहरी तथा शसस्त्र प्रहरी बल नेपालका जिल्ला प्रमुखहरुको उपस्थिति रहेको थियो ।

बर्तमान सुरक्षा अवस्था, सिमा अपराध, भन्सार चोरी निकासी लगायत विविध विषयहरुमा सहभागीहरु बिच अन्तरक्रियात्मक छलफल भएको थियो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारीहरु, १ नं. प्रदेश प्रहरी प्रमुख, सशस्त्र प्रहरी बल १ नं. बराह बाहिनीका निमित्त प्रमुख तथा संघिय प्रहरी ईकाई कार्यालय धरानका प्रमुखले आ-आफ्नो धारणा राख्नु भएको थियो ।

साथै बैठकले सिमा सुरक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउने, अन्तर जिल्ला सुरक्षालाई प्रभावकारी बनाई समन्वयात्मक ढंगले अगाडी बढ्ने र सिमा एरियाहरुमा हुने ग्रैह्रकानूनी क्रियाकलापहरुलाई तिन वटै जिल्लाहरुको समन्वयमा प्रभावकारी रुपमा नियन्त्रण गर्ने निर्णय गरी बैठक सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!