हिपमत डटकम

शनिबार, मंसिर २०, २०७७ || 489  पटक पढिएको

अमेरिकाको राष्ट्रपति बन्नका लागि आवश्यक इलेक्टोरल मत जो बाइडेनका पक्षमा औपचारिक रुपमै सुनिश्चित भएको छ । क्यालिफोर्निया राज्यले शुक्रबार आफ्नो राष्ट्रपतिय निर्वाचनलाई प्रमाणीकरण गदैं बाइडेनलाई विजेताको प्रमाणपत्र थमाएको छ र उनको पक्षमा मत खसाल्ने वाचा गरेका ५५ जना इलेक्टरहरु पनि नियुक्त भएका छन् ।

एशोसियन प्रेसका अनुसार क्यालिफोर्नियाको मत प्रमाणीकरण भएसँगै जो बाइडेनका पक्षमा २ सय ७९ इलेक्टोरल मत आउने सुुनिश्चित भएको छ । अमेरिकी राष्ट्रपतिमा विजयी हुनका लागि २ सय ७० इलेक्टोरल मत आवश्यक पर्छ ।
बाइडेनले राष्ट्रपति जितेको घोषणा हप्तौंअघि नै गरेपनि २ सय ७० भन्दा धेरै इलेक्टर्स सुनिश्चित हुन नै ह्वाइटहाउतर्फको पहिलो कदम रहेको ओहिया राज्य विश्वविद्यालयका कानून प्रोफेसर इडवार्ड बी फोलेईले बताए । ‘यो कानूनी कोशेढुंगा हो र राष्ट्रपति बन्नका लागि पहिलो कोशेढुुंगा हो । यसअघिका कुरा पूर्वानूमान थिए र त्यसलाई हामीले प्रोजेक्सन भनेका थियौं,’ फोलेईले भने ।

शुक्रबार क्यालिफोर्नियाबाट मनोनित भएका इलेक्टर्सहरु १४ डिसेम्बरमा अन्य राज्यका इलेक्टर्सहरुसँग भेला हुनेछन्, जसलाई इलेक्टोरल कलेज भनिन्छ । यही भेलाले औपचारिक रुपमा नयाँ राष्ट्रपतिका लागि मतदान गर्नेछ । त्यसपछि, २० जनवरीमा बाइडेनले राष्ट्रपतिले सपथ लिनेछन् । निर्णायक मानिएका राज्यहरुले यसअघि नै बाइडेन विजयी भएको प्रमाणिकरण गरिसकेका छन् र इलेक्टोरल कलेज नियुक्त गरिसकेका छन् । बाइडेनको विजय अस्विकार गरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनामा धाँधली भएको भन्दै केही महत्वपूर्ण राज्यमा कानूनी लडाँइ सुरु गरेका थिए । तर, धाँधलीको आरोप पुष्टि गर्न नसक्दा मतपरिणाम उल्टिएन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!