हिपमत डटकम

शुक्रबार, मंसिर १९, २०७७ || 960  पटक पढिएको

कपिलवस्तुको कृष्णनगरमा सशस्त्र प्रहरी सहायक हवल्दार घुससहित पक्राउ परेका छन् । घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस लिँदै गर्दा सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।

आयोगको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले ३५ हजार घुससहित उनलाई पक्राउ गरिएको  बताए ।

उनकाअनुसार सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट कृष्णनगरमा कार्यरत सहायक हवल्दार गुरुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो । कृष्णनगर नगरपालिका २ गोलघरस्थित मिलन रेष्टुरेन्ट एण्ड दुर्गा गेष्ट हाउसबाट उनलाई नियन्त्रणमा लिएको भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!