कटारी /उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ स्थित सौर्य सिमेण्टका लागि चुनढुंगा उत्खनन गर्ने खानीमा बिहिबार राति अज्ञात समूहले बम विष्फोट गराउँदा ४ वटा खानीका स्काभेटर र एउटा मोटरसाईकलमा क्षति पुगेको छ । खानीका कर्मचारी होम बस्नेतका अनुसार मध्यराति अन्दाजि १२ बजेको समयमा भएको बम विष्फोटबाट बा १ ख ७९९२ नम्बरको स्काभेटर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने अन्य ३ वटामा समेत सामान्य क्षति पुगेको छ ।
बिष्फोटपछी डराएर भागेका खानीका ५ कर्मचारी घाईते भएका छन् । विष्फोटपछी भाग्दै गर्दा लडेर कर्मचारी दुर्गा बहादुर तामाङ्ग , विष्णु बहादुर मगर , शिव कुमार मोक्तान , सागर मोक्तान र नविन मगर घाईते भएका छन् । उनीहरुको कटारी अस्पत्तालमा उपचार भईरहेको कटारी अस्पत्तालले जनाएको छ ।


बस्नेतका अनुसार अन्दाजि ७ जनाको टोली राति हल्ला गर्दै आएर बम विष्फोट गराएका थिए ।उनीहरुले खानीमा स्काभेटरमा आगो समेत लगाएका थिए । घटनाको पुष्टि गर्दै ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी हेमन्त भण्डारी क्षेत्रीले ४ वटा बम विष्फोट भएको र अभैm पनि खानी क्षेत्रमा २ वटा शंकास्पद बस्तु रहेकाले डिष्पोजल टोली लिएर घटनास्थल जान लागेको जानकारी दिए । घटनास्थलाई अहिले प्रहरीले सुरक्षा गरिरहेको पनि डिएसपी क्षेत्रीले जानकारी दिए । स्थानीयको पूर्ण रुपमा क्षति पुगेको मोटरसाईकलको नम्बर खुल्न सकेको छैन । खानी नगरपालिकाको पहाडी ग्रामिण क्षेत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!