हिपमत डटकम

बिहिबार, मंसिर १८, २०७७ || 739  पटक पढिएको

फिल्म ‘मनी देवो भव’को ‘लेजा रे’ गीतमा मोडलिङ गरेर चर्चामा आएकी मोडल नीना सरकारले आफ्नो कपाल दान गरेकी छन् । उनले आफ्नो पुरै टाउको मुन्डन गरेर कपाल दान गरेकी हुन् । दानका लागि उनले टाउकाको सबै कपाल आफंैले ट्रिमर मार्फत काटेकी हुन् । आफैंले कपाल काट्दै गरेको तीन भिडियोसमेत उनले सामाजिक सञ्जालमार्फत शेयर गरेकी छन् ।

‘निकै राम्रो कपाललाई बाई गर्न जाँदैछु । तिम्रो कारणले मैले धेरै पैसा कमाएकी छु । तिम्रो सेवाका लागि धन्यवाद । अब म आफ्नो कपाल शेव गर्न जाँदैछु’ उनले कपाल काट्नु पहिले भिडियोमा अगाडि भनेकी छन्– ‘तपाईहरु सोच्दै हुनुहोला म यसलाई बेच्दैछु । तर, होइन म यसलाई दान गर्न शेव गर्दैछु ।’

उनले एक भिडियोमा लेखेकी छन् ‘सुपर डिमान्डको आधारमा’ । फ्यानले उनको यो भिडियो निकै मन पराएका छन् । केटीका लागि आफ्नो मुन्डन गर्नु भनेको निकै मुस्किलको काम हो । त्यसैले पनि उनको यो सहासी कदमको फ्यानले प्रशंसा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!