हिपमत डटकम

बिहिबार, मंसिर १८, २०७७ || 1068  पटक पढिएको

बिर्सने समस्याले धेरैलाई सताइरहेको हुन्छ । अझै भन्नु हो भने विद्यार्थीलाई यो समस्याले धेरै सताएको हुन्छ । पढेका कुरा एकछिनमा बिर्सने समस्याको कारण धेरै मेहनत गर्ने विद्यार्थी पनि असफल भएका उदाहरण सुन्न पाइन्छ । तलका उपाय अपनाउनुभयो भने तपाईंले पढेको कुरा स्मरण गराउन सहज हुन सक्छ ।

नियमित रूपमा पढ्ने बानीको विकास गर्नुहोस् । कुनै चिजलाई मनमनै दोहोर्याएर र त्यसलाई सम्झने प्रयास गनुहोस् र लेख्ने अभ्यास गनुहोस् ।एकोहोरो मात्र पढ्ने बानी नगर्नुहोस् ।तपाईंले सिकिरहनुभएको कुरालाई पुरानो कुरासँग जोडेर सम्झने प्रयास गर्नुहोस् । यसो गर्दा सबै कुरा सम्झन सजिलो हुन्छ ।

तपाईंलाई कुनै पनि महत्वपूर्ण कुरा सम्झनु छ भने त्यससँग सम्बन्धित वस्तु अथवा चित्रको याद गर्नुहोस् । यस कुराले पनि तपाईलाई सम्झन सहयोग पुर्याउँछ ।लामो समयसम्म एउटै पाठ नपढ्नुहोस् । पढेर वा रटेर भन्दा पनि त्यो कुरालाई कोटिङ गरेर पढ्नुहोस् । यसो गर्दा सम्झन सजिलो हुनका साथै फरक तरिकाले सोच्ने बानीको विकास हुन्छ ।

सकेसम्म रातिभन्दा बिहान पढ्ने बानीको विकास गनुहोस् । रातिको समयमा अक्सिजनको मात्रा कम हुने भएकाले पढेको कुरा सम्झनलाई गाह्रो पर्ने जान्छ । बिहान योग तथा ध्यान गर्नुहोस् । जसले दिमागलाई फुर्तिलाे बनाउँछ ।आफ्नो रुचि नभएको विषयभन्दा रुचि भएको विषय पढ्दा बढी स्मरण हुन्छ ।

त्यसैले आफ्नो रुचिमा परिवर्तन गरी जुनसुकै विषय पनि रुचिका साथ पढ्नुपर्दछ । साथै आफूमा भएका नकारात्मक धारणाहरू, जस्तै– म कमजोर छु, मेरो स्मरणशक्ति राम्रो छैन, पढेको बुझ्दिनँ भन्ने बानी हटाउनुपर्छ । म पनि पढ्न सक्छु भन्ने बानीको विकास गर्नुपर्दछ । जुनसुकै विषय पढ्दा पनि सकारात्मक हुनुपर्दछ ।जीवनमा लक्ष्यका साथ अघि बढ्नुपर्दछ । लक्ष्य बनाउँदा थुप्रै कुराहरूमा ध्यान दिनुपर्छ । जस्तै– आफ्नो समय, खुबी, कमजोरी, परिस्थिति आदिलाई ख्याल गनुहोस् र कुनै लक्ष्यका साथ अघि बढ्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!