एजेन्सी, १८ मंङसिर । कोरोना संक्रमित व्यक्तिको फोक्सोमा लामो समयसम्म खराबी देखिएको अध्ययनले जनाएको छ । संक्रमित व्यक्तिको फोक्सामा तीन महिना भन्दा बढी समयसम्म खराबी देखिने अध्ययनले देखाएको हो ।

अक्सफोर्ड विश्वविद्यालयमा करिब १० संक्रमित व्यक्तिमा फोक्सोको स्क्यानिङ गर्दा विज्ञहरुले उक्त खराबी देखिएको जनाइएको छ । फोक्सोको खराबी पत्ता लगाउन एमआरआई स्क्यानमा जेनन ग्यासको पूयोग गरी खराबी देखिएको ठाउँलाई सजिलै पत्ता लगाइएको थियो । फोक्सोका विज्ञहरुका अनुसार संक्रमित व्यक्तिलाई लामो समय सम्म यस्ले असर पुर्याउने जनाएका छन् ।

 

एमआरआई परिक्षणको क्रममा उक्त ग्यासलाई मानिसले शरीर भित्र लिई स्क्यानिङ हुने गर्दछ । विश्वविद्यालयका प्रोफेसरले १० संक्रमित करिब १० देखि ६९ वर्ष उमेरका व्यक्तिको परिक्षण गरिएको जनाइएकोछ । १० मध्ये ८ संक्रमित व्यक्तिमा स्वासप्रश्वासमा कमी आएको र संक्रमित भएको तीन महिना सम्म थकान महसुस भएको जनाइएको छ । र, एक व्यक्तिलाई आइसियुमा राखिएको थियो भने उनको फोक्सोमा कुनै समस्या देखिएको थिएन् ।

नयाँ प्रविधिको स्क्यानले फोक्सो कुन भागमा हावालाई आवत जावतमा गाह्रो हुने पत्ता लगाउने गर्दछ । यस परिक्षणको मूख्य लक्ष्य भनेको संक्रमित व्यक्तिको फोक्सोमा खराबी सधै भरी हुने की केही समयपछि स्वतह हराएर जाने विषयमा केन्द्रित रहेको छ ।-Photo: Agency

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!