बुधबार, माघ ०८, २०७६ || 701  पटक पढिएको

हिपमत डटकम 
विराटनगर,८ माघ ः भोली हुने राष्ट्रिय सभा निर्वाचनको प्रदेश नं १ मा तयारी पुरा भएको निर्वाचन कार्यलयले जनाएको छ । निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी तीर्थ अधिकारीका अनुसार निष्पक्ष , व्यवस्थित तरीकाले निर्वाचन गर्न सबै तयारी पुरा भएको हो ।
भोली बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुने छ । अधिकारीका अनुसार निर्वाचनका लागि वीरेन्द्र सभागृहमा स्थानीय तहका मतदाता र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था मिलाईएको छ । एक दलित, एक महिला र अन्य एक गरि तीन जना राष्ट्रियसभा सदस्यका लागि मतदान हुने छ । वीरेन्द्र सभागृहमा रहेको मतदानस्थलमा रहेको दुई केन्द्रमध्ये (क) मा प्रदेशसभा सदस्य र (ख) मा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन । निर्वाचनमा प्रदेश नं १ का प्रदेशसभा सदस्य ९३ तथा स्थानीय तह अन्तर्गत महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख २ सय ७४ गरी कूल ३ सय ६७ जनाले मतदान गर्र्ने छन । निर्वाचनमा नेकपा, नेपाली काँग्रेस र समाजवादी पार्टीले सहभागिता जनाउने छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!