हिपमत डटकम

मंगलबार, मंसिर १६, २०७७ || 1550  पटक पढिएको

झापा । रिपोर्टिङको लागि मालपोत कार्यालय दमक पुगेका माउन्टेन टिभी झापाका सम्वाददाता खगेन्द्र घिमिरेलाई हातपात गरिएको छ ।
मालपोत कार्यालयमा दमकमा मंगलवार ४ बजे घुस लेनदेनको भिडियो खिचेको भन्दै पत्रकार घिमिरे माथि कार्यालय परिसरभित्रै कर्मचारी र बिचौलिया आक्रमण गरेका थिए ।

कार्यालयभित्रै पत्रकार घिमिरेमाथि कर्मचारी इन्द्र राजवंशीसहित लेखापढी व्यवसायीको नाम बेचेर बिचौलिया गर्ने समुहले आक्रमण गरेका स्थानियले बताए । आक्रमणमा उनलाई सामान्य चोट लागेको बताइएको छ। पत्रकार घिमिरेका अनुसार मालपोत कार्यालयमा कर्मचारी राजवंशीलाई सेवाग्राही सुरेश साहले १० हजार घुस दिँदै गरेको भिडियो खिचेको बताए।

शिवसताक्षी नगरपालिका साबिक शिवगञ्ज गाविस– १ को जग्गा रोक्का गर्ने विषयमा सेवाग्राही साहले कर्मचारी राजवंशीलाई कार्यालयभित्रै घुस दिएको उनले बताए।

‘घुस दिँदै गरेको भिडियो खिचेको भन्दै मसहित क्यामेरा पर्सन भास्कर श्रेष्ठले बोकेको क्यामेरा खोस्दै आक्रमण गरे,’ पत्रकार घिमिरेले भने, ‘कर्मचारीले घुस लिएपछि त्यस विषयमा कार्यालय प्रमुख तारा ढुंगेलसँग बुझ्न जाँदा उनकै अगाडि कर्मचारीका नाइके राजवंशीको उक्साहटमा लेखापढीहरूले आक्रमण गर्दै अनुहारमा दुई मुक्का प्रहार गर्नुका साथै लछारपछार गरे।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!