हिपमत डटकम

मंगलबार, मंसिर १६, २०७७ || 938  पटक पढिएको

बाल यौन दूराचारको आरोपमा एक फ्रान्सेली नागरिक पक्राउ परेका छन् । हिजो पोखराको बरौता पावर हाउस फुर्सेखोला बगर किनारबाट ६० वर्षका क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी प्रशासन शाखाले जानकारी दिएको छ ।

उनले ७ वर्ष, ८ वर्ष र १२ वर्षका ३ नाबालकलाई बाल यौन दूराचार गरिरहेको अवस्थामा फेला पारेको सीआईबीले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । यौन दुराचारमा परेका नाबालकलाई भने अभिभावकको जिम्मा लगाएको छ । ती फ्रान्सेली नागरिक गैर पर्यटकीय भिसामा नेपाल आएको पाइएको छ ।

उनलाई बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रकृया अगाडी बढाउने प्रयोजनार्थ आजै निजलाई जिल्ला प्रहरी कार्यालय कास्की, पोखरामा बुझाईएको सीआईबीले जनाएको छ । यौन दुरुपयोग शोषण कार्यमा संलग्न रहेको भन्ने सूचना जानकारीका आधारमा विशेष सूचना आधारमा उनलाई प्रक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!