हिपमत डटकम
काठमाडौं,८ माघ: सरकारी तथ्यांकअनुसार बितेको दश वर्षमा नेपालबाट काम खोज्दै ३८ लाख ५८ हजार ४६५ जना नेपाली युवा विदेसिए । त्यसमध्ये ७ हजार ३८४ जनाको जीवनलिला विदेशी भूमिमै समाप्त भयो । अवैध बाटो भएर विदेश पुगेका र श्रम स्वीकृति नवीकरण नगरी बसेकामध्ये कतिले उतै ज्यान गुमाए भन्ने विवरण यो तथ्यांकले समेटेको छैन । वैदेशिक रोजगार विभागकाअनुसार जति नेपाली विदेशिन्छन्, त्यही मात्रामा मृत्युदर घटबढ हुने सिलसिला चलिरहन्छ । तीन वर्षयता विदेशिनेको संख्या घट्दा मृत्युदर पनि घटेकै देखिन्छ । सरकारी अभिलेख हेर्दा पनि आर्थिक वर्ष २०६६/०६७ यता श्रम बजारमा आएका नयाँ युवामध्ये औसतमा दैनिक एक हजार ५८ जना विदेश लागेको देखिन्छ । त्यसमध्ये औसतमा दैनिक दुई जना काठको बाकसमा फर्किन बाध्य छन् । अवैध हैसियतमा विदेशमा रहँदा बितेकाहरु पनि जोड्ने हो भने यो संख्या औषत दैनिक तीन जना पुग्ने श्रम मन्त्रालयका अधिकारीहरु बताउँछन् । विदेशमा गम्भीर प्रकृतिको बिरामी, घाइते र अंगभंग भएर फर्किने नेपाली युवाको संख्या लाश भएर आउनेको भन्दा बढी छ । बढी कामदार विदेश गएको वर्ष यो संख्या त्यही अनुपातमा बढ्ने गरेको पाइन्छ । गएको १० वर्षमध्ये आव २०६६/०६७ मा सबभन्दा कम ४१९ जना नेपाली कामदारको मृत्यु विदेशमा भएको थियो । त्यो वर्ष विदेसिनेको संख्या दुई लाख ८४ हजार थियो । आव २०७१/०७२ मा सबभन्दा बढी एक हजार ६ जना नेपाली युवा बाकसमा फर्किए । त्यो आवमा पाँच लाख १२ हजार कामदार विदेसिएको तथ्यांक छ । गत १० वर्षका बीचमा सबभन्दा धेरै पाँच लाख २७ हजार नेपाली आव २०७०/०७१ मा विदेसिएका थिए । त्यो वर्ष ८७७ जना कामदारले विदेशमै ज्यान गुमाए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!