हिपमत डटकम

आइतबार, मंसिर १४, २०७७ || 1443  पटक पढिएको

चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे एकदिने नेपाल भ्रमण पुरा गरेर फर्किएका छन् । आइतबार साँझ एयर चाइनाको विमानमार्फत उनी फर्किएका हुन् । २० सदस्यिय डेलिगेशन टिमसहित नेपाल आएका फेंग्हेलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । फर्किदा पनि गृहमन्त्री थापाले नै विदाइ गरेका थिए । रक्षामन्त्री फेंग्हे एकदिने नेपाल भ्रमण सकेर पाकिस्तान भ्रमणका लागि निस्केका हुन् ।

विदेशी पाहुनालाई स्वागत गर्दा यसपटक ‘बादल’ले नयाँ प्रयोग गरेका छन् ।उनले शिष्टाचार साट्दा यसअघि जस्तो हात मिलाउने र अंकमाल गर्ने संस्कार छाडेर कुहिनो ठोक्काए । चिनियाँ रक्षमन्त्री फेंग्हेले प्रधान सेनापति पूर्णचन्द्र थापा, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् ।

कोभिड–१९ को जोखिमका कारण प्रभावित नेपाली सेनाको तालिम तथा शिक्षार्थी आदानप्रदान सुचारु गर्न वेई फेंग्हे सहमत भएका छन् । जंगी अड्डामा आयोजित छलफलमा नेपाली सेनाका लागि पूर्वघोषित दुई अर्ब ४० करोड नेपाली रुपैयाँ चाँडै उपलब्ध गराउन फेंग्हेले प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!