हिपमत डटकम

आइतबार, मंसिर १४, २०७७ || 628  पटक पढिएको

गुल्मी, मङ्सिर १४ गते।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान अवस्थामा जनताको रुचि मन्त्री वा प्रधानमन्त्री फेर्नेमा नभएको बताउनुभएको छ । उहाँले वर्ष–वर्षदिनमा सरकार फेर्न बानी परेकाहरुलाई सरकार फेर्न छट्पटी भएको उल्लेख गर्दै यो खेलमा लागेर जनतालाई पीडा नदिन आग्रहसमेत गर्नुभयो ।

सत्यवती गाउँपालिकाको अश्लेवामा आज खानेपानी योजनाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले नेकपामा केही समयदेखि देखिएको विवादमाथि टीप्पणी गर्दै जनताले वर्तमान सरकारबाट रोजेको मुख्य कुरा रिजल्ट, डेलिभरी र आउटपुट रहेको बताउनुभयो ।

वर्तमान अवस्थामा कोही पनि निराशाका सन्देशबाट विचलित नहुने आग्रह गर्दै उहाँले देश समृद्धिको याज्ञामा अघि बढेको उल्लेख गर्नुभयो । सरकारले गरेका राम्रा कामका बारेमा चर्चा नगरेर नकारात्मक कुरा गरेर टिप्पणी गर्नुभन्दा रचनात्मक सुझाव दिनसमेत दलहरुलाई उहाँले आग्रह गर्नुभयो ।

उहाँले सरकार परिवर्तन हुन्छ भन्ने बजार हल्ला निराधार भएको उल्लेख गर्दै जनताले बाहेक बाहिरबाट सरकार परिवर्तन गर्ने खेल घातक हुने चेतावनीसमेत दिनुभयो । परराष्ट्रमन्त्री ज्ञवालीले सरकार जनताका न्यूनतम आवश्यकता पूरा गर्दै ठूलाठूला पूर्वाधारका काममा अघि बढेको उल्लेख गर्नुभयो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको रु एक करोड ९६ लाख ४२ हजार ७९८ लागतमा अस्लेवामा खानेपानी सम्पन्न भएको छ । दुई वर्षको अवधिमा निर्माण सम्पन्न भएको यो आयोजनाले अस्लेवाका १९४ घरमा ‘एक घर एक धारा’ पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनीयर प्रकाश न्यौपानले बताउनुभयो । त्यसैगरी मन्त्री ज्ञवाली आज सत्यवती गाउँपालिका–४ अन्तर्गत लिम्घामा पहिरो पीडितका लागि निर्मित नमूना एकीकृत बस्ती हस्तान्तरण कार्यक्रममा समेत सहभागी बन्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!