हिपमत डटकम

आइतबार, मंसिर १४, २०७७ || 979  पटक पढिएको

देसी गर्ल प्रियंका चोपडा भारतमा मात्र होइन पुरै विश्वभर कलाकारको रुपमा परिचित छिन् । प्रिंयकाले हलिउड गायक निक जोनससँग विवाह गरेकी हुन् । विवाह पछि दुवैजना चर्चामा छन् । तर, निक जोनस र उनका भाइहरुमाथि एक महिलाले गम्भीर आरोप लगाएकी छिन् ।

वास्तवमा एक अश्वेत महिलाले जोनस भाईहरुमाथि आरोप लगाएकी हुन् । थैक्सगिविग परेडको अवसरमा तीन भाइले ती महिलालाई मजाक बनाएको आरोप उनीहरुमाथि लागेको छ । आरोप लगाउने महिला टेलर गैरान हुन् । टेलर पेशाले एक लेखक तथा स्टान्ड अफ कमेडियन हुन् । उनी न्युर्योक ब्रुकलाइन शहरमा बस्छिन् । उनले ट्विट गर्दै जोनस ३ भाईले गरेको नमिठो व्यवहार बारे जानकारी दिएकी हुन् । उनले ट्विटमा लेखेकी छिन्, ‘थैक्सगिविगंको सबैलाई शुभकामना, एक पटक थैक्सगिविग परेडमा ३ जोनस भाईहरुले मलाई धेरै मजाक बनाएका थिए ।’

यसपछि टेलरले एक ट्विट गरेकी छिन् । जसमा उनले एक तस्वीर सेयर गेरकी छिन् । तस्वीर स्पष्ट छैन् । टेलरले लेखेकी छिन्, ‘यो फोटो सफा छैन् यो समयमा वर्षा भइरहेको थियो । त्यो समयमा मलाई जोनस भाईहरुले धेरै दुःख दिएका थिए । अरु सबै ठिक थियो, ३ जोनस भाई बाहेक ।’ उनको यो ट्विट सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । साथै उनको ट्विटमा मानिसहरुले प्रतिक्रिया दिएका पनि छन् ।

हालसम्म भने निक जोनस र उनका भाइहरुले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । न त प्रिंयकाले केही प्रतिक्रिया दिएकी छिन् । प्रियंकाले हालमात्र हलिउड फिल्म मशहुर फेन्चाइजियोमा एक ‘मैट्रिक्स’ को चौथो भागको सुिर्टिङ सकेकी छिन् । फिल्ममा उनको साथमा कलाकार कीन रीब्स देखिनेछन् । यो फिल्मको काम सकेर प्रिंयकाले नयाँ फिल्म ‘टेक्स्ट फर यु’ को सुर्टिङको काम सुरु गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!