हिपमत डटकम

आइतबार, मंसिर १४, २०७७ || 622  पटक पढिएको

विरगञ्ज। केही महीनायता सिमेन्टको मूल्य निरन्तर ओरालो लागेको छ । सिमेन्टको बजारमा उच्च प्रतिस्पर्धा भइरहेका बेला कारोना महामारीले अर्को समस्या थपेको नारायणी सिमेन्ट उद्योगका महाप्रबन्धक उमेशचन्द्र ठाकुरले बताए । ‘बजारमा मागभन्दा अधिक आपूर्तिका कारण सिमेन्टको बजार यसै पनि शिथिल थियो । त्यहीँमाथि कोरोना महामारीले मन्दी थप्यो,’ ठाकुरले भने, ‘बन्दाबन्दी खुले पनि निर्माणका कामले गति नसमातेकाले बजार खुम्चिएको छ ।’

बजारमा माग नभएपछि उत्पादकले सिमेन्ट सस्तोमा बेच्न थालेका छन् । बन्दाबन्दीयता क्लिंकर र तयारी सिमेन्टको भाउ घटेको उत्पादकहरू बताउँछन् । क्लिंकरको मूल्यमा ३५ प्रतिशतसम्म कमी आएको उत्पादकले जानकारी दिए । तयारी सिमेन्टको मोल २० देखि २५ प्रतिशतसम्म खस्किएको छ ।

कोरोना महामारी शुरू हुनुअघि प्रति मेटिकटन (मेट) १० हजार रुपैयाँमा विक्री हुने क्लिंकर अहिले ६ हजार ५ सय रुपैयाँमा विक्री भइरहेको उद्यमी बताउँछन् । बन्दाबन्दीअघि प्रतिबोरा ८५० पर्ने अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी)को मूल्य अहिले ६७० रुपैयाँमा झरेको ठाकुरले बताए ।

पोर्टल्यान्ड पोजोलना सिमेन्ट (पीपीसी)को पनि मोल घटेको छ । बोराको ८ सय रुपैयाँसम्म पर्ने यो सिमेन्ट अहिले ५७० रुपैयाँमा विक्री भइरहेको उत्पादकहरू बताउँछन् ।
स्वदेशमै भाउ सस्तिएपछि क्लिंकरको आयात करीब बन्दजस्तै भएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!