मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सुन्दर तथा बिलाशिताका सामान प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको मन जित्न सकिने हुनाले पद प्राप्तीको योग बन्नेछ । नयाँ कामको प्रश्ताब आउनेछ भने पुराना थाति बसेका कामहरु बन्ने हुनाले काम गर्न जोस जागर बढेर आउनेछ । व्यापार व्यावसायमा मनग्गे आम्दानि हुने हुनाले थप लगानि गर्ने आट आउनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अग्रज तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । तरपनि खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । समय राम्रो रहकोले अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । अध्ययन वा कामको सवालमा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । कामहरु समयमा सम्पादन नहुँने तथा व्यापार व्यावसायमा नाफा कमाउँन निकै संघर्ष गर्नु पर्नेछ । आम्दानि भन्दा खर्च बढ्ने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । खराब साथिहरुको सल्लाह मान्दा कामहरु बिग्रने सम्भावना रहेकोछ ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रणय सम्बन्धमा चिसोपनको बिकास हुनेछ भने घर परिवार तथा आफन्तसग मनमुटाव बढ्ने योग रहेकोछ । सरकारी तथा प्रशासनिक स्थरबाट आवस्यक सहयोग नपाईने हुँदा समयमा कामहरु सम्पादन हुने छैनन् । प्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । प्रेम प्रशङमा दिन बित्ने तथा माया प्रेमको डोरो कसिलो भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिन हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन्।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनिति तथा समाजसेवामा जनताको साथ रहने हुनाले मन प्रशन्न रहनेछ । दिदिबहिनीबाट भनेजस्तो सहयोग प्राप्त हुँने हुँनाले मन प्रशन्न रहनेछ । भौतिक शुख सुबिधा एबम् सत्कार मिल्ने समय रहेको छ । समाजमा नाम तथा दाम कमाउने तथा ईज्जतिलो काम गर्ने अवसर मिल्नेछ भने मान,सम्मान,प्रतिष्ठामा बृद्धि भएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा अबिश्वास बढ्नेछ भने जीवन साथिको सहयोग नपाईने योग रहेकोछ । बिभिन्न अवसर आएपनि समयमा सजक नबन्दा पछि परिनेछ । छोटो दुरिको कष्टकर यात्रा नहोला भन्न सकिन्न । भौतिक तथा बिलाशी बस्तुको प्रयोग गर्दा ख्याल गनुहोला बढिनै उत्साहित हुदा नकारात्मक परिणाम आउन सक्छ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्ने योग रहेकोछ । मामा तथा मावलि पक्षसँग कुनैपनि काम गर्दा सन्तुलित व्याबहार गर्नुहोला दैनिक काम गर्दा मनमुटावको अवस्था सिर्जना हुँनेछ । तपाईको खुट्टा तान्ने मानिसहरु हावि हुँने तथा सत्रुहरु सलबलाउँनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) परिवार तथा सन्तान बाट तपाईले गरेको काममा उल्लेख्य सहयोग पाईनेछ । प्रेम प्रशङमा रमाईलो गर्दै समय ब्यातित गर्न सकिनेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आधुनिक कृषि तथा पशुपालन व्यावसाय अबलम्बन गर्ने किसानहरुले आवस्यक पर्ने औजारहरु राज्यबाट प्राप्त गर्न सक्नेछन् । घर जग्गा तथा सवारि साधनको कारोबारबाट भने जस्तो नाफाँ कमाउँन सकिनेछ । व्यावसायमा राम्रो प्रगति हँुन गई आर्थिक सम्बृद्धिको बाटोमा लम्कन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लेखनकला तथा साहित्यको पाटो थाति रहनेछ । छोटो दुरिको व्यावसायिक यात्रा हुँने भएपनि उपलब्धिभने न्यून हुनेछ । पढाई लेखाईमा ध्यान नदिदा प्रतिश्पर्धिहरु हावि हुनेछन् भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट थोरै कमाईमा चित्त बुझाउँनु पर्नेछ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या देखिन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सांगितिक क्षेत्रमा समय दिनेहरुका लागि आजको दिन उत्तम रहेको छ । अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुनेछ । धनसम्पति तथा आय आर्जनमा बृद्धि भएर जानेछ । आफन्त,साथिभाई तथा कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!