हिपमत डटकम

शनिबार, मंसिर १३, २०७७ || 829  पटक पढिएको

खुशी हुनु स्वास्थ्यको लागि लाभदायक हो । तर अति धेरै खुसी हुनु मुटुको लागि भने खतरा हुने स्वस्थ्य अनुसन्धानकर्ताहरुले बताएका छन् ।

सरप्राइज, जन्मदिन, पार्टी, परिवारमा नयाँ बच्चाको जन्म, काममा प्रमोसन आदि जस्ता खुसीका पलमा बढी खुसी हुँदा पनि मुटुसम्बन्धी समस्या देखिन सक्ने चेतावनी बिज्ञहरुले दिएका हुन् ।

यो समस्यालाई ‘ह्याप्पी हार्ट सीन्ड्रम’ को संज्ञा दिइएको छ । परिवारको सदस्य गुमाउनु जस्ता दुखद पलले शरीरमा ‘ब्रोकन हार्ट सिन्ड्रोम’ निम्त्याउँछ जसले हार्ट अट्याक गरी मृत्युको मुखमा पुर्याउन सक्छ ।

‘ब्रोकन हार्ट सिन्ड्रोम’ जस्तै गरी ‘ह्याप्पी हार्ट सिन्ड्रोम’ पनि घातक हुन सक्ने बिज्ञहरुले बताएका छन् ।

यूनिभर्सीटी हस्पिटल जुरीचका डा. जेलेना घाड्री र सहकर्मीहरुले अध्ययन गरेका थिए । जसमा धेरै जसो मुटुको केसहरु, डर, तनाव, रिस आदिले निम्त्याएको पाइयो र एक अचम्मको कुरा २० प्रतिशत मुटुका समस्या बर्थडे पार्टी, बिवाह, बच्चाको जन्म दिन आदि जस्ता पलमा अत्याधिक खुसी भएका कारणले हुने देखियो ।

डा. जेलेना भन्छन् ‘मुटुका अवस्था परिक्षण गर्दा अबदेखि यो समस्या खुसीको कारणले पनि हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर गर्नु जरुरी देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!