रणबीर कपूरले सञ्जय दत्तको बायोपिक ‘सञ्जू’ बाट निकै चर्चा बटुलेका थिए । सञ्जय दत्तको भूमिकामा आफूलाई पूर्ण रुपमा ढाल्नका लागि रणबीर कपुरले कडा मिहिनेत गरे । सञ्जय दत्तको जस्तो कपाल, उनको जस्तो शरीर वा उनी हिँड्ने शैली, रणबीरले पूर्ण रुपमा आफूलाई ढाले । जब सञ्जय दत्त आफैंले उक्त फिल्म हेरे तब उनी आफैं पनि अचम्ममा परेका थिए । सञ्जयले रणबीरको असाध्यै तारिफ गरेका थिए तर एकसमय यस्तो पनि थियो जब सञ्जय दत्त आफ्नो पात्रलाई रणबीरले पर्दामा उतारुन् भन्ने चाहँदैनथे । यहाँसम्म कि उनले एउटा पार्टीमा सबैको अगाडि बेइज्जतसमेत गरेका थिए ।

यो घटना सन् २०१६ को हो । सञ्जय दत्तले आफ्नो घरमा एउटा पार्टी राखेका थिए र रक्सीको नशामा लठ्ठिएर नायकले रणबीर कपुरको बेस्सरी मजाक उडाएका थिए । वास्तवमा, सञ्जय दत्त, रणबीरलाई आफ्नो भूमिकाका लागि फिट मानिरहेका थिएनन् र मजाक उडाउँदै रणबीरलाई ‘लड्डु’ र ‘बर्फी’ जस्ता फिल्म गर्न सल्लाह दिएका थिए । उक्त पार्टीमा डेभिड धवन, राजकुमार हिरानी र थुप्रै दिग्गज कलाकारको उपस्थिती थियो ।

रिपोर्टका अनुसार पार्टीको क्रममा सञ्जय दत्तले निकै रक्सी पिएका थिए र नशाकै स्थितीमा उनी रणबीर भएठाउँ पुगेर आफूले रणबीरसँग फिल्म बनाउन चाहेको बताए । सञ्जयको कुरा सुनेर यस्तो भएमा आफू निकै खुसी हुने बताए । त्यसपछि सञ्जयले फिल्मको नाम ‘लड्ड’ हुने बताए । रणबीरले अचम्म मान्दै भने, ‘लड्डु ?’ सञ्जयले जवाफ दिए, ‘हो, त्यसपछि हामी इमरती बनाउनेछौं, त्यसपछि जलेबी बनाउनेछौं र त्यसपछि पेडा ।’ सञ्जय दत्तको यस्ता कुरापछि पूरा पार्टीमा सन्नाटा छायो ।
https://www.instagram.com/p/B0fjUZSBkbg/?utm

चाँडै नै रणबीर र अन्य पाहुनाले बुझे कि सञ्जयले के भन्न खोजिरहेका छन् । त्यसपछि सञ्जय दत्तले रणबीरलाई गाली गर्दै भने, ‘मैले हालै टिभीमा बर्फी हेरेँ, तैलेँ यस्तो प्रकारको फिल्म  किन गर्छस् भनेर नै मैले बुझिनँ । थाहा छैन, आखिर तँलाई सञ्जूमा किन कास्ट गरियो ।’

सञ्जयले रणबीरलाई भने, ‘तँ म्याचो म्यान हुनुपर्छ । माचो फिल्ममा काम गर । तैंले बर्फीजस्तो फिल्म गर्न सक्दैनस् ! तैंले बन्दुक समात्नु पर्छ र एक्सन फिल्म गर्नुपर्छ । तँलाई के लाग्छ, मैले, सलमान र अजयजस्ता कलाकारले  स्क्रिनमा माचो भूमिका नगरेको भए यत्तिका वर्षसम्म हामी इन्डष्ट्रिमा टिक्न सक्थ्यौं ? तेरो सर्वसाधारासँग कुनै कनेक्सन छैन र यो असाध्यै जरुरी छ ।’

रणबीरले सञ्जय दत्तको सबै कुरा शान्तिले सुनिरहे, कुनै बहस गरेनन् । त्यसपछि सञ्जयकी श्रीमती मान्यता, रणबीरको बचाउमा आइन् र उनले सबैलाई डिनर गर्न आग्रह गरिन् ।

स्मरण रहोस्, सञ्जय दत्त र रणबीर कपुर चाँडै नै

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!