विराटनगर,

नजिकिँदै गरेको ‘पर्यटन भ्रमण वर्ष २०२०’ लाई प्रवद्र्धन गर्दै विराटनगर जेसीजको ‘जेसीज सप्ताह २०१९’ सुरु भएको छ । शनिबार विराटनगरको इको फन पार्कमा पर्यटन प्रवद्र्धन सम्बन्धी एक कार्यक्रम गर्दै जेसिज सप्ताहको सुरुवात गरिएको हो ।

प्रदेश नम्बर एकका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतले जेसीज सप्ताहको ब्यानर अनावरण गर्दै कार्यक्रमको सुरुवात गरे । कार्यक्रममा बोल्दै मन्त्री कुसियतले पर्यटन पवद्र्धनका लागि सरकारले सुरु गर्नुपर्ने काम जेसिजले गरेको बताए । उनले कार्यक्रमले पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने भन्दै यस किसिमका कार्यक्रममा प्रदेश सरकारको साथ रहने बताए ।

त्यस्तै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पर्यटन प्रवद्र्धन गर्न धेरै कुरा विराटनगरमा भएको र विराट राजाको दरबार लगायत विराटनगरका गौरवका कुराहरुलाई सबै मिलेर प्रवद्र्धन गर्नुपर्ने बताए । भ्रमण वर्षलाई लक्षित गर्दै सुरु गरिएको सो कार्यक्रमलाई मोरङ ब्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, पर्यटन व्यवसायी भविस श्रेष्ठ, विराटनगर जेसिजका पदाधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम पश्चात शनिबार नै भ्रमण वर्ष लक्षित विराटनगर– भेडेटार मोटरसाईकल र्याली निस्किएको थियो । सप्ताहको दोस्रो दिन विराटनगरको भट्टाचोक पूर्वको सयपत्रि प्रा.विमा विद्यार्थीहरुलाई स्टेशनरी वितरण, तेस्रो दिन ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम तथा चौथो दिन व्यवसायसँग आवद्ध युवा लक्षित ‘विजनेश प्रोमोसन ट्रेनिङ’ गरिने छ । त्यसैगरी पाँचौँ दिन सरोकारवालाहरुको उपस्थितीमा ‘क्यास–लेस’ सँग सम्बन्धीत अन्तरक्रिया , छैठौँ तथा अन्तिम दिन विराटनगरमा जन्मिएर नेपालमा उत्कृष्ट योगदान गर्ने व्यक्तिहरुलाई सम्मानसँगै कार्यक्रम गरेर सप्ताह समापन जेसिज सप्ताह उद्घाटन सत्रका संयोजक देवचन्द्र घिमिरेले जानकारी दिए ।

४६ वर्षदेखि गर्दै आएको सो कार्यक्रम यसवर्ष पर्यटन प्रवद्र्धन लगायतका कार्यक्रमले विशेष रहेको गरिने विराटनगर जेसीजका अध्यक्ष सेवक बजगाईँले बताए । जेसीजका सदस्यहरुलाई विभिन्न कार्यक्रम र ट्रेनिङहरुले निखार्ने भएकोले सिकेको कुरा समुदायमा लागू गर्नसक्ने उनको भनाई छ । कात्तिक २९ गतेसम्म चल्ने जसीज सप्ताह उपलब्धिमुलक र भव्य रहने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!