हिपमत डटकम

शुक्रबार, मंसिर १२, २०७७ || 1364  पटक पढिएको

कञ्चनपुरमा नेपाल सशस्त्र प्रहरी बल २४ सै घण्टा सीमा सुरक्षाका लागि तैनाथ छ, भने सीमा क्षेत्रमा घुम्ने नेपाल प्रहरीका घुमुवाको पनि कमी छैन ।

सेटिङ मिलाएर तस्करहरुबाट महिनावारी लिने र महिनावारी नदिनेहरुको सामग्रीनै जफत गर्ने प्रवृत्ति कञ्चनपुरको बेलौरी सीमावर्ती क्षेत्रमा हावी देखिन्छ । उक्त क्षेत्रमा सोही अनुरुप सशस्त्र प्रहरी र नेपाल प्रहरीहरु तस्करको बाटो कुरिरहेका हुन्छन् ।नाम नखोल्ने सर्तमा एक तस्कर भन्छन्, ‘महिनावारी नदिएसम्म काम नै गर्न मिल्दैन । पेट पाल्नका लागि पनि यिनीहरूलाई महिनावारी पैसा दिनैपर्छ । तर, महिनावारी नपाएका प्रहरी तथा सशस्त्र प्रहरीले भने तस्करका अबैध सामग्री लुछाचुडी नै गर्छन् ।’

हो, यस्तै भएको छ बेलौरी नगरपालिका–२ स्थित नेपाल भारत सीमाक्षेत्र थापा चौराहामा । विहीबार (हिजो) साँझ सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी निरीक्षक कृष्ण अधिकारी र विगत लामो समयदेखि इलाका प्रहरी कार्यालय बेलौरी अन्तर्गत टेडुवा चौकीमा कार्यरत घुमुवा प्रहरी (इन्ट) लोकेन्द्र कठायतबीच विवाद भयो ।

उक्त विवाद उत्कर्षमा पुगेपछि सशस्त्र प्रहरी निरीक्षक कृष्ण अधिकारीले नेपाल प्रहरीका घुमुवा लोकेन्द्र कठायतको कन्चटमै हिर्काए । कुटपिटबाट सामान्य घाइते भएका कठायत सरासर घटना स्थलबाट प्रहरी चौकी फर्किए ।

सोही क्रममा केही समयपछि भारतीय एसएसबीले नेपालबाट भारत प्रवेश गर्दै गरेको दुई ट्रली अबैध मालबहक ट्«याक्टर समेत बरामद गरेको स्रोतले बतायो ।

यस घटना बारे इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्का भन्छन्, ‘आपसी विवादका कारण सशस्त्र प्रहरी इन्सपेक्टर अधिकारीले टेडुवा चौकीमा कार्यरत प्रहरी हवल्दार कठायतलाई कुटपिट गरेका हुन् । घटना साचो हो ।’ उनले यसबारे थप अनुसन्धान भइरहेको र दोषीमाथि कारबाही हुने बताए ।

त्यस्तै कञ्चनपुर प्रहरी प्रवक्ता अमर बहादुर थापाले कुटपिट घटनाका बारेमा सामान्य जानकारी भएपनि थप बुझ्न खोजिरहेको बताए । उनले यस विषयमा मुख खोल्न चाहेनन् ।

त्यस्तै कञ्चनपुर प्रहरी प्रमुख मुकुन्द मरासिनीले सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच मिस अन्डस्टेन्डिङका बीच यस्तो भएको बताए । उनले घटनाको सत्यतथ्य बुझ्न बेलौरी प्रहरीलाई निर्देशन दिएको बताए ।

यता कञ्चनपुर सशस्त्र प्रहरी प्रमुख विरेन्द्र सिंह ऐरले उक्त घटनामा नेपाल प्रहरीको कम्जोरी रहेको बताए । उनले भने बिना बर्दी सिमानामा पुगेका घुमुवा प्रहरीलाई सशस्त्र प्रहरीले नचिनेर कुटपिट गरेको हुनसक्ने बताए ।

सर्प र भ्यागुताको कहानी सुनाउदै उनले यसबारे थप अनुसन्धान भइरहेको बताए । यसरी सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्नुको साटो उल्टै प्रहरी–प्रहरी आपसमै कुटाकुट हुदा स्थानीय सशंकित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!