हिपमत डटकम

शुक्रबार, मंसिर १२, २०७७ || 898  पटक पढिएको

गुल्मी । नेकपाका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले दुई चार जना नेताले चाहँदैमा नेकपा नफुट्ने बताएका छन् । नेकपा गुल्मीका नेता बोमबहादुर खडकाको १२ औ श्रद्धान्जलीसभालाई सम्बोधन गर्दै नेता विष्टले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेता विष्टले भने- ‘नेकपा कुनै दुई चार जना नेताले बनाएको पार्टी होईन, जसले चाह्यो उसले फुटाउन सक्ने । अब नेपाली कम्युनिस्ट आन्दोलनलाई थप सशक्त बनाएर लगिनेछ छ र एकतालाइ मजबुत बनाइनेछ ।’

पूर्वमन्त्री समेत रहेका विष्टले नेपाल कम्युनिस्ट पार्टी चट्टानमा उम्रिएको बिरुवा भएको उल्लेख गर्दै अब छिट्टै स्थायी कमिटी बैठक बसेर पार्टी एकताबद्ध र मजबुत बनाएर लगिने उद्घोष गरे । कार्यक्रममा परराष्ट मन्त्री प्रदिप ज्ञवाली लगायतका नेताहरुको पनि उपस्थिति रहेको छ । परराष्ट्रमन्त्री ज्ञवाली बोल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!