हिपमत डटकम

शुक्रबार, मंसिर १२, २०७७ || 1183  पटक पढिएको

काठमाडौं /नेकपाको मंसिर १३ गते बस्ने सचिवालय बैठकपछि मात्रै सरकार र पार्टीको भविष्य के हुने भन्ने निक्र्योल हुन्छ । त्यसअघि सबै अनुमानका कुरा मात्रै हुनेछन् ।

तर, अहिले नेकपाबाट दुई अध्यक्षमध्ये एकले अर्कोलाई निकाल्ने प्रयास भइरहेको हल्ला निकै जोडतोडका साथ उठेको छ । खासगरी पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीलाई विभिन्न आरोपसहितको प्रस्ताव पेस गरेपछि अब ओली र प्रचण्डमध्ये एक मात्र नेकपाको अध्यक्ष हुने जस्तो गरी प्रचार भइरहेको छ ।

खासमा त्यस्तो देखिन्न । एमाले र माओवादी एकतापछि बनेको नेकपामा प्रचण्ड मात्र शीर्ष नेता छन् । तर, पूर्वएमालेका धेरै नेता छन् । ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाइए पनि माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम जस्ता एक से एक नेता छन् ।

तर, प्रचण्डलाई अध्यक्षबाट हटाएमा उनीपछि को ? भन्ने अवस्था छ । नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलको हैसियत एमालेका दोस्रो तहका नेता जतिको पनि छैन । त्यसैले अझै केही समय प्रचण्डले नै नेकपामा नेतृत्व गर्ने अवस्था छ ।

तर, अहिले ओली निकट नेताहरु प्रचण्डलाई हेगको भूत देखाएर तर्साउने प्रयास गरिँदैछ । तर, प्रचण्डले पूर्वएमाले त्यसमा पनि ओलीलाई मात्रै सत्ता र शक्ति आर्जन गर्न पूर्वमाओवादीलाई एमालेमा एकता नगरेको नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!