बीरेन्द्रकुमार साह

शुक्रबार, मंसिर १२, २०७७ || 3185  पटक पढिएको

बिराटनगर /राजबंशी भाषामा तिन करोडको ठुलो लागतमा चलचित्र निर्माण हुन लागेको छ। नेपालि ,हिन्दि तथा कयौ भोजपुरी चलचित्रहरुमा कोरियोग्राफ गरिसकेका कोरियोग्राफर साईमन राजबंशीको निर्देशनमा उक्त चलचित्र बन्न लागेको साईमन राजबंशीले हिपमत डटकमलाई जानकारी दिनु भयो।

नेपाल तथा भारतको चर्चित कलाकारहरुको समेत चलचित्रमा मुख्य भूमिका रहने राजबंशीले बताउनु भयो। हामीले निर्माण गर्ने यो चलचित्र राजबंशी भाषामा यति ठुलो लगानी गरेर निर्माण गर्न लागेका हौ। यो चलचित्र राजबंशी भाषाको बाहेक नेपालि ,हिन्दि भाषामा समेत डब गरि पर्दर्शन गर्ने साइमनको योजना छ।निर्माण गर्न लागिएको चलचित्रमा राजबंशी समुदायको कथालाई नै फरक ढंग बाट प्रस्तुत गरिने छ । चलचित्रमा राजबंशी समुदायको इतिहास, भाषा तथा सस्कृति परम्पराहरुलाई चलचित्र मार्फत प्रदर्शन गर्ने योजना छ। यो चलचित्रको लेखन अहिले मुम्वाईमा भईरहेको छ। चलचित्र नेपाल तथा भारतको विभिन्न स्थानमा छायांकन गरिने निर्माण पक्षको तयारी रहेको छ। यस चलचित्रमा नेपाल तथा भारतको नाम कहलिएका कलाकारहरु संगै राजबंशी समुदायका केहि कलाकार तथा धेरै कलाकार नेपाल तथा भारतको विभिन्न स्थानमा अडिसन मार्फत छनोट गर्ने साईमनले राजबंशीले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!