बुधबार, माघ ०८, २०७६ || 1128  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,माघ-८:सरकारी स्वामित्वको नेपाल आयल निगमले गत आर्थिक वर्षमा ७ अर्ब ५० करोड नाफा कमाउँदा नेपाल टेलिकमले भने ९ अर्ब ७६ करोड मात्र नाफा कमायो । निगमले अघिल्लो आवमा ३ अर्ब ५८ करोड नाफा कमाएको थियो भने सो आवमा टेलिकमले १७।४८ अर्ब खुद नाफा गरेको थियो । यसरी हेर्दा निगमले ५२ प्रतिशत नाफा बढाउँदा टेलिकमको नाफा ४४.१९ प्रतिशतले घट्यो । सार्वजनिक संस्थानमध्ये विगत एक वर्षदेखि सधैँजसो शीर्ष स्थानमा रहेको टेलिकमको नाफा गत आवमा घट्दा सेयरधनीले पाउने प्रतिफलमा पनि उल्लेख्य कमी आएको छ । अघिल्लो वर्षसम्म प्रतिसेयर ५५ प्रतिशत लाभांस वितरण गरेको कम्पनीले अघिल्लो वर्षको नाफाबाट जम्मा ५४ रुपैयाँमात्र नाफा गर्न सक्यो । पुस मसान्तसम्म राजस्व लक्ष्य पुर्‍याउन सरकारलाई कठिन भइरहेका बेला यो लाभांशबाट टेलिकमले जम्मा ६ अर्बको मात्र योगदान गर्न सकेको छ । कम्पनीको हालै सम्पन्न साधारणसभामा पनि कम्पनीको नाफा कसरी बढाउने भन्नेबारे गम्भीर विमर्श भएको छ । यो समाचार आजको कारोबारमा लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!