राम प्रेम यादब

शुक्रबार, मंसिर १२, २०७७ || 769  पटक पढिएको
फाइल तस्बिर

मोरङ । मोरङको उर्लावारी नगरपालिका-९ बाट जुवा तास खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक घरमा जुवा तास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले बिहिवार साँझ ६ बजे ३ लाख २५ हजार १५५ नगद सहित ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उर्लावारी नगरपालिका-९ का ४८ बर्षीय बाबुराम कार्की, २८ बर्षीय डम्बर बहादुर लिम्बु, उर्लावारी नगरपालिका-८ का २६ बर्षीय बिमल डाँगी, २७ बर्षीय दिवान मगर, ३२ बर्षीय गोबिन्द पुरी, उर्लावारी नगरपालिका-३ का ४२ बर्षीय बिष्णु राउत र केपिलासगढी गाउँपालिका-५ खोटाङका ६७ बर्षीय कुबिरमान तामाङ रहेका छन् । पक्राउ परेका सातै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!