काठमाडौँ । कलाकार तथा युट्यूवर सृजना निङ्लेकुले स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग लडिरहेकी नाबालिका सियोना श्रेष्ठलाई आर्थिक सहयोग गरेकी छिन् । बेलायतमा बसेर कलाकारितासँगै भ्लगिङ र ढाका व्यवसाय गरिरहेकी सृजनाले आफ्नी छोरी राशी लिम्बुको ८ औं जन्मदिन तथा युट्यूव च्यानलले ७५ हजार सब्स्क्राइबर्स पूरा गरेको अवसर पारेर सियोनाको उपचारका लागि ७५ हजार रुपैयाँ सहयोग गरेकी हुन् ।

स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग लडिरहेकी सियोनाको उपचारका लागि करिव २५ करोड रुपैयाँ लाग्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । आफू पनि एक आमा भएकाले सियोनालाई आफ्नै छोरी ठानेर सहयोग गरेको सृजनाको बताइन् । डेढ वर्षकी सियोनाको हाल अमेरिकामा उपचार भइरहेको छ ।

३ वर्षदेखि युकेमा स्थायी बसोबास गरिरहेकी सृजना नेपालमा समेत सामाजिक कार्य एवं मोड्लिङमा सक्रिय थिइन् । सृजना पछिल्लो समय बेलायतमै निर्मित केही म्युजिक भिडियो र सर्ट फिल्ममा अभिनय गर्न व्यस्त छिन् । सृजनाले सियोनाको उपचारका लागि जसले जति सकिन्छ सहयोग गर्न अपिल समेत गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!