हिपमत डटकम
काठमाडौं,माघ-८:मकवानपुरको दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टका कोठामा सुतेका आठै जना अर्धचेत अवस्थामा फेला परेका थिए। उनीहरूका शवमा चोटपटक देखिएको छैन, अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । उनका अनुसार कमै हुने घटना हो यो। जाडो समयमा परिवारको एउटै कोठामा ज्यान जाने घटना हरेक वर्ष दोहोरिने गरेको छ। पोस्टमार्टम गर्ने फरेन्सिक विज्ञ कोठाभित्र हुने सामूहिक निधनमा मुख्यतः दुई कारण रहने बताउँछन्– १। फुड प्वाइजनिङ हुनु २। निसास्सिनु। ‘झ्याल, ढोका बन्द गरी कोठाभित्र हिटर वा मकल बालेर बस्छन्। तातो वातावरणमा निदाउँछन्। सधैंका लागि निदाउन पुग्छन्’, वरिष्ठ कानुनी चिकित्सक हरिहर वस्तीले भने। उनका अनुसार हिटरले अक्सिजन सोस्छ। अक्सिजन अभावमा कार्बन मोनोअक्साइडलगायत विषालु ग्यासले कोठा भरिँदा निसास्सिएर ज्यान जान्छ। ‘दुर्घटनाका अन्य कारण छैनन् भने फुड प्वाइजनिङ वा अक्सिजन अभावले कोठाभित्र मास क्याजल्टीको घटना हुने गरेको छ’, उनले भने। त्रिवि शिक्षण अस्पतालको सामुदायिक स्वास्थ्य विभागका डा। खेम कार्कीका अनुसार कोठाभित्र हिटर वा मकलमा दाउरा बालेर सुत्दा विषालु ग्यासले कोठा भरिन पुग्छ। ‘झ्याल, ढोका बन्द गरेको अवस्थामा कोठाभित्र आगो र हिटरका कारण विषाक्त ग्यास निस्किन्छ। त्यसले शरीरलाई शिथिल बनाउँछ। सुतेको व्यक्ति बेहोस हुन्छ। हलचल गर्न नपाउँदै ज्यान जान सक्छ’, उनले भने, ‘सतर्कतासमेत अपनाउन पाउँदैन। सुतेको सुत्यै ज्यान जान सक्छ।’