हिपमत डटकम

बिहिबार, माघ १६, २०८२ || 1451  पटक पढिएको

विराटनगर । तीन दशकभन्दा बढी समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका मोरङ रंगेली निवासी नेता बजरंग अग्रवालले कांग्रेस परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। पार्टीभित्र बढ्दो गुटबन्दी र आन्तरिक असन्तुष्टिका कारण आफूले राजीनामा दिएको उनले बताएका छन्।

अग्रवालले सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेसको महासमिति सदस्य तथा साधारण सदस्य दुवै पदबाट राजीनामा दिएको जानकारी गराएका हुन्। राजीनामासँगै उनी आजै रास्वपामा औपचारिक रूपमा प्रवेश गरेका छन्। उनलाई रास्वपाका केन्द्रीय सदस्य डा. प्रकाशचन्द्र परियार र नेतृ निशा मेहताले स्वागत गरेका थिए।

नवप्रवेशी नेता अग्रवालले लामो समयसम्म कांग्रेसभित्र इमान्दारीपूर्वक काम गरे पनि पछिल्लो समय देखिएको “चरम गुटबन्दी”ले आफू निराश बनेको बताए। वैकल्पिक राजनीतिक संस्कार, सुशासन र जवाफदेही राजनीतिका लागि रास्वपामा सक्रिय हुने उनको प्रतिबद्धता छ।

रास्वपा मोरङका नेताहरूले अग्रवालको प्रवेशले मोरङ क्षेत्र नं. ५ मा पार्टीको संगठनात्मक आधार थप मजबुत हुने विश्वास व्यक्त गरेका छन्। स्थानीय तहदेखि संघीय तहसम्म उनको राजनीतिक अनुभव, नेटवर्क र जनसम्पर्कले पार्टीलाई ठूलो सहयोग पुग्ने उनीहरूको भनाइ छ।

यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवार रहेकी रास्वपाकी आशा झाका लागि पनि अग्रवालको प्रवेश सकारात्मक संकेतका रूपमा हेरिएको छ। पार्टी स्रोतका अनुसार नयाँ समर्थन आधार विस्तारसँगै आगामी निर्वाचनमा झाको प्रतिस्पर्धात्मक हैसियत अझ बलियो हुने आकलन गरिएको छ।

यस विषयमा नेपाली कांग्रेसको तर्फबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन। तर पछिल्लो समय विभिन्न जिल्लामा नेताहरूले दल परिवर्तन गरिरहेको सन्दर्भमा अग्रवालको कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!