हिपमत डटकम

बिहिबार, मंसिर ११, २०७७ || 835  पटक पढिएको

विराटनगर/ विराटनगर–११ अलका टोलस्थित भद्राचोकमा १ करोड रुपैयाँको लागतमा ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण हुने भएको छ ।
स्थानीय समाजसेवी चिरञ्जीवी दाहाल र लक्ष्मीदेवी दाहालले निःशुल्क रुपमा उपलब्ध गराएको ८ धुर जग्गामा भवन निर्माण हुन लागेको हो । दाहाल दम्पत्तिले ५० लाख रुपैयाँ बराबरको जग्गा ज्येष्ठ नागरिक समाजका नाममा रजिष्ट्रेसन पास गरिसक्नुभएको छ । १ करोड रुपैयाँको लागतमा निर्माण हुने दुईतले पक्की सामुदायिक भवनको बुधबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की, विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने र जग्गादाता दाहाल दम्पत्तिले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

भुइँ तलामा सभाहल हुनेछ भने माथिल्लो तलामा पत्रपत्रिकासहितको पुस्तकालय र कार्यालय हुनेछ । भवन निर्माण भइसकेपछि हरेक दिन ज्येष्ठ नागरिकहरूलाई भजनकीर्तन र योग गर्ने व्यवस्था मिलाइने वडाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पराजुलीले भवन निर्माणका लागि महानगरपालिकाले ३० लाख रुपैयाँ उलपब्ध गराउने बताउनुभयो । ज्येष्ठ नागरिक अनुभव, ज्ञान र सीपलाई समाजले ग्रहण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । महानगरले ज्येष्ठ नागरिकको सम्मानका लागि मासिक १ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको मेयर पराजुलीले जानकारी दिनुभयो । “ज्येष्ठ नागरिकप्रति महानगरको उच्च सम्मान छ,” मेयर पराजुलीले भन्नुभयो, “त्यही भएर नै महानगरले हरेक महिना १ हजार रुपैयाँ सम्मानस्वरुप उपलब्ध गराउँदै आएको छ ।”

उपमेयर इन्दिरा कार्कीले भवनका लागि महानगरले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउँदै दाहाल दम्पत्तिले जग्गा उपलब्ध गराएर पुण्य काम गरेको बताउनुभयो । “सामान्य हृदय भएको मानिसले यति ठूलो आँट गर्दैन, उहाँले भन्नुभयो, “चिरञ्जीवि दाइ र भाउजुको फराकिलो छातीका लागि महानगर र मेरोतर्फबाट सम्मान प्रकट गर्दछु ।”
जग्गादाता चिरञ्जीवि दाहालले भवन निर्माणका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले अन्य प्राविधि र आवश्यक सामग्री सहयोग गर्ने बताउनुभयो ।

ज्येष्ठ नागरिक समाजका अध्यक्ष ललित श्रेष्ठले हालसम्म १० लाखभन्दा बढी रुपैयाँ संकलन भइसकेको जानकारी दिनुभयो । देश र विदेशमा रहेका व्यक्तिहरूले सामुदायिक भवन निर्माणका लागि स्वतःस्फुर्त सहयोग गर्ने क्रम जारी रहेको उहाँले बताउनुभयो । समाजका सचिव अर्जुन भट्टराईले समुदायको सक्रिय सहभागितामा भवन निर्माण हुने बताउनुभयो । कोषाध्यक्ष भरत कार्कीले समुदायको सक्रिय चासो र सहयोगले भवन तोकिएको समयभित्रै निर्माण सम्पन्न हुने दाबी गर्नुभयो । आगामी जेठभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!