हिपमत डटकम

बुधबार, मंसिर १०, २०७७ || 1160  पटक पढिएको

भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनी क्रिकेटबाट सन्यास लिएपछि डेयरी फर्म संगै जैविक खेतिमा केन्द्रित भएका छन् । धोनी रांचीको धुर्वा स्थित सेम्बोमा ५५ एकड़ जग्गामा डेयरी फर्मका साथै जैविक खेती पनि गरिरहेका छन् । अहिले धोनीको फर्म हाउसमा मौसमी तरकारीहरू उत्पादन भइरहेको छ ।

अहिले धोनीको ऑर्गेनिक खेतीमा प्रत्येक दिन ८० किलो टमाटर उत्पादन भई रहेको छ । बजारमा टमाटरको माँग बढेकोले धोनीको टमाटर एकाविहानै बिक्रि भई भई रहेको छ । प्रत्येक किलोको रु.४० मा विक्री हुने टमाटर ऑर्गेनिक रुपमा उत्पादन गरिएको हो । केही दिनमै फूलगोभी, बन्दगोभी, ब्रोकाउली लगाएतका तरकारीहरु बजारमा आउने छ ।

त्यस्तै, धोनीको फार्म हाउसमा दैनिक ३०० लिटर दुध उत्पादन भइरहेको छ । उनको दुध सीधा बजारमा बेच्दै छ । ५५ रुपैया किलोमा बिक्री हुने धोनी फर्मको दुध बजारमा एकै छिनमा बिक्री भई हुने गरेको छ । धोनीको गौशालामा भारतीय नस्लका साहिवाल र फ्रान्सको फ्रिजियन नस्लको ७० वटा गाई रहेका छन् । धोनी आफ्नो फार्म हाउसमा ऑर्गेनिक तरकारी खेती र दुध उत्पादन गरेर धेरै खुसी छन् ।

स्रोत :- आजतकबाट 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!