हिपमत डटकम

बुधबार, मंसिर १०, २०७७ || 594  पटक पढिएको

लालु यादव यतिबेला राँचीको जेलमा छन् । विहारका पूर्व मुख्यमन्त्री लालुमाथि चारा घोटालामा दोषी पाइएपछि जेल सजाय सुनाइएपछि राँची कारागारमा राखिएको हो । तर, जेलमा पुगेपछि लालु निष्कृय छैनन् ।

यसपटक लालुले फोनबाट अन्य दलका सांसदलाई मन्त्री पदको आश्वासन दिएर आफ्नो पक्षमा पार्ने प्रयास थालेका छन् । लालुको दल राष्ट्रिय जनता दल विहार विधानसभामा ७५ सिट जतेर ठूलो दल बनेको छ । तर, कुनै दलको बहुमत नभएको अवस्था छ । नितिश कुमारको जनता दल युनाइटेड र भारतीय जनता पार्टी मिलेर सरकार बनाएका छन् । नितिश कुमार फेरि मुख्यमन्त्री बनेका छन् ।

नितिशलाई मुख्यमन्त्रीबाट हटाउन चलखेल शुरु भएको छ । यसका लागि जनता दल युनाइटेड र भाजपाका विधायेकलाई तान्ने प्रयास भइरहेको बुझिएको छ ।

भाजपाका नेता सुशिल मोदीले लालुले जेलमा बसी फोनबाट सांसदहरुलाई मन्त्री पदको लालच देखाएको आरोप लगाएका छन् । उनले ट्वीट गरी लालुलाई उक्त फोनमा कल गरेर यस्तो नगर्न भनेको सुनाए । जेलबाट यस्तो फोहोरी खेल नखेल्न भनेको समेत सुनाए ।

जेलमा कैदीबन्दीलाई व्यक्तिगत फोन चलाउन छुट नभएको टाइम्स अफ इन्डियाले लेखेको छ । यसबारे जेलरलगायतसँग सम्पर्क गर्न खोज्दा नभएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!