हिपमत डटकम

बुधबार, मंसिर १०, २०७७ || 728  पटक पढिएको

बलिउडकी चर्चित गायिका नेहा कक्कड केही समय यता चर्चामा छिन् । उनले हाल वैवाहिक जीवनको आनन्द लिइरहेकी छिन् । विवाह पछि हनीमुनको लागि नेहा र रोहनप्रीत दुबई गएका थिए । दुबईबाट नै उनीहरुले विवाह भएको १ महिना पुरा भएको अवसरमा एक भिडियो सेयर गरेका छन् । जसमा दुवैजनाले आफ्नै तरिकाले विशेष क्षणको सेलिब्रेट गरेका छन् ।

नेहाले इन्स्टाग्राममा सेयर गर्दै उनले रोहनप्रीतलाई विवाह भएको १ महिना पुरा भएकोमा बधाई दिएकी छिन् । भिडियोमा केही रोमान्टिक दृष्य पनि देख्न सकिन्छ । जहाँ एकले अर्कालाई चुम्बन गरिरहेका छन् । उनीहरु दुवैजनाले केक काटेका छन्, जसमा बधाई सन्देश लेखिएको छ ।

नेहाले क्याप्सनमा लेखेकी छिन्, ‘आज हाम्रो विवाह भएको एक महिना पुरा भएको छ । रोहनप्रीत सिंह र पुरै परिवारलाई धन्यबाद दिन चाहान्छु ।’ रोहनले नेहाको पोस्टमा कमेन्ट गर्दै लेखेका छन्, ‘पत्नीजी तिमीलाई धेरै धेरै शुभकामना, तिम्रो साथले जीवन धेरै सुन्दर र रंगीचङ्गी भएको छ ।’ नेहा र रोहनप्रीतले २४ अक्टोबरमा दिल्लीमा विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!