हिपमत डटकम

बुधबार, मंसिर १०, २०७७ || 497  पटक पढिएको

मंसीर १४ गते आइतबार सम्भवतः बिहान ११ बजेतिर त्रिभुवन विमानस्थलमा उत्रिएपछि चिनियाँ रक्षामन्त्री वेई फङ्गह सोझै बालुवाटारस्थित चिनियाँ दूतावास,बालुवाटार जाने कार्यक्रम रहेको उच्च स्रोतले बताएको छ । चिनियाँ समयअनुसार त्यतिबेला बेइजिङ्गमा दिउँसो १ बजेको हुन्छ । काठमाडौंका कुनैपनि होटलमा चिनियाँ पाहुनाको लागि खानाको अर्डर नगरिएकाले दूतावासभित्रै लञ्चसहित आरामको व्यवस्था रहेको अड्कल लगाइएको छ ।

दिउँसो दुई बजेपछि मात्र वेईको औपचारिक भेटघाटको तालिका बनाइएको छ । औपचारिक भेटघाटमा चिनियाँ रक्षामन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा शिष्टाचार भेट गर्नुहुनेछ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटको लागि उहाँ नजिकै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जानुहुनेछ । यतिखेर रक्षा मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्रीसँगै रहेको छ ।

वेईको भ्रमणको लागि लियाजो अफिसरको रूपमा नेपाली सेनाले आर्मी स्टाफ कलेजका मेजर जनरल बालकृष्ण कार्कीलाई खटाएको छ ।

रक्षामन्त्री वेईसँग प्रधान सेनापति पूर्णचन्द्र थापाले जंगी अड्डा,भद्रकालीमा भेट गर्ने कार्यक्रम रहेको बताइन्छ । औपचारिक भेटघाट सकिएपछि उहाँ राती सोझै विमानस्थल जानुहुनेछ । चिनियाँ रक्षामन्त्री काठमाडौंबाट बंगलादेश र त्यसपछि पाकिस्तान जाने कार्यक्रम रहेको बताइन्छ ।

वेईको भ्रमणको लागि लियाजो अफिसरको रूपमा नेपाली सेनाले आर्मी स्टाफ कलेजका मेजर जनरल बालकृष्ण कार्कीलाई खटाएको छ । अरु देशबाट विशिष्ट अतिथि आउँदा नेपाली सेनाले सामान्यतयाः त्यहि देशबाट नेशनल डिफेन्स कोर्स वा सिनियर कोर्ष पूरा गरेका अधिकृतलाई नै खटाउने गर्छ । कार्कीले पनि चीनबाट उक्त कोर्स पूरा गरेका हुन् ।

जनआस्था बाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!