हिपमत डटकम

मंगलबार, मंसिर ०९, २०७७ || 954  पटक पढिएको

दाँत तीन तहले बनेको हुन्छ । पहिलो तह दाँतको बाहिरी भाग जो हेर्दा सेतो देखिन्छ । मेडिकल भाषामा यसलाई इनामेल भन्छौँ । दोस्रो तह इनामेल भन्दा भित्रको तह हो जसलाई हामी ‘डेन्टिन’ भन्छाँै । इनामेलको तुलनामा यो अलि कमजोर हुन्छ । र तेस्रो तह भनेको सबैभन्दा भित्री भाग हो जसलाई हामी ‘ पल्प’ भन्छौँ । यो तहमा रक्तसञ्चार समेत भइरहेको हुन्छ । र यो दाँतको सबैभन्दा कमजोर भाग हो ।

हाम्रो मुख भित्र हुने ७ सय देखी ९ सय प्रकारका ब्याक्टेरिया हुन्छन् । त्यसमध्येको एक हो एक हो ‘स्टेप्टोकोकस ब्याक्टेरिया’ । हामीले खाएका पदार्थहरु जब दा“त र गीजाको बीचमा, दाँतको चपाउने भागमा वा दाँतहरुबीचको कापमा दन्तलेउको रुपमा अड्केर बस्छ स्टेप्टोकोकस ब्याक्टेरियाले तत्काल एसिड उत्पादन गर्न थाल्छ । सो एसिडले बाहिरी तह अर्थात ‘इनामेल’ खिइन थाल्छ । सोही खिएको ठाँउबाट दाँतको भित्रीभागमा छिर्छ । र जति भित्र जान्छ संक्रमण बढाउदै जान्छ ।

सिडले दाँतको बाहिरी भाग अर्थात इनामेल फोडेपछि त्यसभित्रका भागहरु फोडन गाह्रो हुदैन । इनामेल फोडेसंगै ब्याक्टेरियाले भित्र थप खोल्स्याउदै जान्छ । जब दाँतमा खोल्सिदै जान्छ, खानेकुराहरु त्यही गएर अडकन्छ, र जब अडकन्छ थप एसिड उत्पादन हुन थाल्छ । झनझन दाँत खोक्रिदै जान्छ ।

गुलियोले मात्रै विगार्ने होइन दाँत

विशेषगरी बालबालिकालाई गुलियो खानेकुरा दिदा दाँत किराउछ भन्ने भ्रम छ । गुलियो मात्रै होइन जुनसुकै खाद्यपदार्थले पनि दाँत विगार्छ । यदि त्यो दाँतमा रहयो भने । तर के पनि हो भने चकलेट र मिठाई खाँदा ती पदार्थहरु चिप्कने र त्यहिबाट एसिड उत्पादन सुरु हुने र दाँत किराएको देखिने भने सही हो । तर चिनीपानी, मह जस्ता गुलियो चिज खाँदा त्यसको असर भने कम हुन्छ । खानेकुरा जब दाँत वा मुखमा रहनासाथ एसिड उत्पादन भई त्यसले दाँत विगार्ने हो ।

दाँत जोगाउन के गर्ने ?

विहान बेलुका खाना खाईसकेपछि फोलोराइडयुक्त मन्जनले दाँत माज्ने । दाँत माज्दा चपाउने भागमा पनि माज्ने ।
बच्चालाई सुतेर खानेकुरा वा दुध खान नदिने । त्यसरी दिदा खानेकुरा मुखभर रहन्छ र दाँतमा एसिड उत्पादन तिब्र्र हुन्छ ।
कोल्डड्रिङ्स खाँदा सकेसम्म पाइपको प्रयोग गर्ने बोतलबाट वा गिलासबाट खाँदा दाँतको बाहिरी भाग अर्थात इनामेल खियाउने काम गर्नसक्छ । तर पाइपबाट खाँदा दाँतलाई त्यति असर गर्दैन ।
बिस्कुट चक्लेट तथा अन्य खानेकुरा खाईसकेपछि सकेसम्म मुख कुल्ला गर्ने ।
हल्का कालो वा पहेलो दाँत देखिनासाथ उपचारका लागि सम्पर्क गर्ने । सुरुमै जाँच गर्दा दाँतको उपचार सहज हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!