बुधबार, माघ ०८, २०७६ || 1093  पटक पढिएको

 

काठमाडौँ — प्रतिनिधिसभाको सभामुख पदका लागि सत्तारूढ नेकपाका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको मात्र मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभामा बहुमत रहेको नेकपाबाट एक जनाको मात्र मनोनयन दर्ता भएकाले सापकोटा सभामुखमा निर्विरोध निर्वा्चित हुने निश्चित भएको छ ।
सापकोटाले मंगलबार मध्याह्न संसद् भवन बानेश्वरमा गएर नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ, सोही पार्टीकी सांसद ओनसरी घर्तीमगर एवं राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का प्रमुख सचेतक लक्ष्मणलाल कर्णको प्रस्तावमा मनोनयन दर्ता गराएका हुन । संसद् सचिवालयले सभामुखको अन्तिम नामावली प्रकाशित गरिसकेको छ । उनलाई नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले समर्थन गरेका छन । संसद् सचिवालयका अनुसार सभामुख चयनको औपचारिक प्रक्रियाका लागि प्रतिनिधिसभामा आगामी १२ गते निर्वाचन गरिनेछ ।
पौडेल पक्षले भन्यो सभापती जिको बार्गीनिङले उमेदवारी परेन
सभामुख पदमा उम्मेदवार नदिने संसदीय दलको निर्णयप्रति कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असन्तुष्टि जनाएको छ । असन्तुष्ट नेताहरूले पार्टीबाट उम्मेदवारी नपर्नुका पछि सभापति शेरबहादुर देउवाको सत्तारूढ दलसँग संवैधानिक निकायहरूमा भइरहेको ‘बार्गे्निङ’ लाई मुख्य कारण मानेका छन । उम्मेदवार दिने कि नदिने भन्ने निर्णय लिनुअघि वरिष्ठ नेता पौडेल नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्न उनकै निवास खुमलटार पुगेका थिए । करिब एक घण्टा भएको कुराकानीका क्रममा पौडेलले उपसभामुखमा प्रतिपक्षलाई सहयोग गरेर सहमति र सहकार्यका साथ अघि बढ्न आग्रह गरेका थिए । तर, दाहालबाट सकारात्मक जवाफ आएन । खुमलटारबाट बाहिरिनासाथ पौडेललाई सभापति शेरबहादुर देउवाको फोन आएको थियो । उपसभामुख प्रतिपक्षलाई दिन नेकपा सकारात्मक नभएको सन्देशसहित पौडेलले सभामुखमै उम्मेदवारी दिनुपर्ने आफ्नो निष्कर्ष सुनाएका थिए । देउवा भने संसदीय दलको बैठकअघि नै उम्मेदवार नबनाउने निष्कर्षमा पुगेका थिए । कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिनुमा दुइटा कारण उल्लेख गरेको छ । पहिलो, सत्तारूढ दलसँग यथेष्ट बहुमत छ । दोस्रो, सभामुख तटस्थ रहनुपर्ने पद हो । यसअघि कृष्णबहादुर महरालाई सभामुखमा अघि सार्दा पनि कांग्रेसले उम्मेदवारी दिएको थिएन । शिवमाया तुम्बाहाङ्फे उपसभामुखमा उम्मेदवार बन्दा भने कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले प्रतिस्पर्धा गरेकी थिइन । साभार ईकान्तिपुर डट कम

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!