नोबेल अस्पताल संकाको घेरामा:टाउकोको शल्यक्रिया गर्दा मृत्यु युवकको पेट चिरिएको देखेपछि चिताबाट शव उठाएर पोष्टमार्टमको तयारी

असाहयको निःशुल्क उपचार गरिरहेको प्रचार गर्ने नोबेलले अतिविपन्न विकि ऋषिदेवको उपचार खर्चमा छुट दिन ईन्कार

हिपमत डटकम

मंगलबार, मंसिर ०९, २०७७ || 1082  पटक पढिएको

विराटनगर / टाउकोको शल्यक्रिया गरेपछि मृत्यु भएका केराबारी एक युवकको अन्तिम संस्कार गर्नेबेला पेट चिरेको देखिएपछि चिताबाट शव उठाइएको छ ।

केराबारी गाउँपालिका–९ बेलचौरीका ३० वर्षीय बिक्की ऋषिदेवको विराटनगरको नोबेल मेडिकल कलेजमा शुक्रबार टाउकोको शल्यक्रियाका क्रममा मृत्यु भएका थियो । अस्पतालले टाउकोको शल्यक्रियापछि मृत्यु भएका उनको शव केराबारीमा लगेर अन्तिम संस्कार गर्न चितामा राखेपछि पेट चिरेको देखिएको थियो । त्यसपछि आफन्तले शव उठाएर पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेका छन् ।

अति विपन्न परिवारका बिक्कीलाई स्थानीयले चन्दा उठाएर नोबेलमा उपचारको लागि भर्ना गरेका थिए । शल्यक्रियापछि शनिबार नै उनको मृत्यु भएकोमा अस्पतालले पैसा सबै नतिरेसम्म शव नदिने भन्दै तीन दिनसम्म रोकेर राखेको थियो । स्थानीयले पुनः चन्दा उठाएर उपचार खर्च दिएपछि सोमबार साँझ मृतकको शव लिएर आफन्त केराबारी पुगेका थिए । राति करिब ८ बजे चितामा राखेर आगो लगाउनुअघि कपडा खोल्दा पेटमा प्वाल देखिएको स्थानीय राम कार्कीले जानकारी दिए ।

नाइटो नजिकै पेटमा पाँच टाँका लगाएको देखिएपछि स्थानीय र आफन्तले शवको अन्त्येष्टि नगरी राति १२ बजे चिताबाट उठाएर पोष्टमार्टमका लागि शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगेका हन् ।
स्थानीयले शंका गर्दै पोष्टमार्टम गर्नुपर्ने बताएपछि राति नै शव अस्पतालसम्म र्पुयाइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । स्थानीयले घटना शंकास्पद भएकोले छानविन हुनुपर्ने बताएका छन् ।

बिक्कीको टाउकोको शल्यक्रिया गर्दा १ लाख ८२ हजार २ सय रुपैयाँको बिल नोबेलले उठाएको थियो । सो रमकमध्ये ५८ हजार रुपैयाँ सरकारको विपन्न नागरिक सहायता कोषबाट र बाँकी रकम चन्दा उठाएर तिरेको कार्कीले जानकारी दिए ।

गरिब र असाहयको निःशुल्क उपचार गरिरहेको प्रचार गर्ने नोबेलले अतिविपन्न विकि ऋषिदेवको उपचार खर्चमा छुट दिन ईन्कार गर्दै शव नै बन्धक बनाएको थियो । स्थानीयको सहयोगमा रकम बुझाएर अन्तिम शव लगेपछि संस्कार गर्नलाग्दा पेट चिरेको देखिएपछि पोष्र्टमार्टमको तयारी गरिएको मृतकका आफन्त सुमन ऋषिदेवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!