बीरेन्द्रकुमार साह

सोमबार, मंसिर ०८, २०७७ || 2188  पटक पढिएको

मोरङ जिल्लाको सुनवर्षी नगरपालिका वडा नं–५ (टकुवा) का राज कुमार ठाकुरको गत आइतबार ७ गते अल्प आयुमा निधन भएको छ। ठाकुरको स्वास प्रस्वासमा समस्या भए लगत्तै थप उपचारकोलागी कोशी अस्पताल ल्याईएको थियो। उपचारको क्रममा ठाकुरको निधन भएको उहाँका ज्वाई सुनवर्षी युवा संजालका अध्यक्ष कमलेश्वर ठाकुरले हिपमत डटकमलाई बताउनु भयो ।

सबैको भलो चिताउने लोकप्रिय व्यक्तित्व गुमाउँदा वडा नं. ५ (टकुवा) सहित नगरबासीहरु मर्माहत भएका छन् । वहाँको निधनले समस्त सुनवर्षी नगरपालिकाले एक दुरदर्शी र सामाजिक व्यक्तित्व गुमाएको सुनवर्षी नगरपालिकाका मेयर कालीप्रसाद दासले बताउनु भयो । ठाकुर जिबित रहँदा सामाजिक क्षेत्रमा निकै नै योगदान दिनु भएको मेयर दासले बताउनु भयो ।

मेयर दासले ठाकुरलाई सम्झिदैं “राजकुमार ठाकुर जी कसैको दुख पिडा देख्न नसक्नु स्वाभावका हुनुहुन्थ्यो । वहाँ जहिले पनि निस्वार्थ भावनाले सहयोग गरि रहने सबैका लोकप्रिय सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो । समाजमा आएका हरेक विपत्तिमा ठाकुर जी अगाडी सरेर मद्दत गर्नुहुन्थ्यो । घर बिहिनलाई घर निमार्ण देखि, गरिब विद्यार्थीलाई स्कुल पढाउने, मन्दिरको लागि जग्गा दानहोस् वा जुन सुकै सामाजिक कार्यमा सधैं अगाडी आएर सहयोग गर्नु हुन्थ्यो । आज हामीले उहाँलाई गुमाएका छौ, तर उहाँले समाजका लागि गर्नु भएका योगदानलाई समाजले युगौ युग सम्म याद राख्ने छ ।” आफ्नो भावना व्यक्ति गर्नु भयो ।

नेपाली काँग्रस सुनवर्षी नगरपालिकाका नगर सह-संयोजक गणेश श्रेष्ठले पनि राजकुमार ठाकुरले समाजमा पुर्याउनु भएको योगदानलाई स्मरण गर्दै उहाको चिर आत्माको शान्तिको कामना गर्नु भयो। “हामि सदैब ठाकुर जी ले समाजमा पुर्याउनु भएको योगदानलाई सम्झिरहने छौ उहा हामि सबैकोलागी एउटा प्रेरणाको स्रोत हुनुहुन्थ्यो ” श्रेष्ठले बताउनु भयो।

राजकुमार ठाकुर साबिक टकुवा गाविस नेपाली काँग्रसका पुर्व सभापति तथा सरोवर कृषि सहकारी संस्थाका अध्यक्ष सहित बिभिन्न सामाजिक एवं राजनितिक संघ संस्थामा आबद्ध रहेर समाजका लागि योगदान दिनु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!